काठमाण्डाै - विश्वमा कोरोना भाइरसको सङ्क्रमण अझै लामो समयसम्म रहन सक्ने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार आउँदा केही वर्षमा यो अन्य सरुवा रोग जस्तै बन्न सक्ने सम्भावना छ ।
अमेरिका र नर्वेका विज्ञ सहभागी टिमले गरेको अध्ययनले आउँदा दिनमा कोरोना भाइरसले खोप नलगाएका स–साना बालबालिकालाई धेरै असर गर्ने देखिएको छ । धेरैजसो वयस्क र ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले अब बालबालिका बढी जोखिममा रहेका विज्ञले बताएका छन् ।
साइन्स एड्भान्सेजमा प्रकाशित प्रतिवेदन अनुसार कोरोनाको भाइरसले पनि इन्फ्लुएञ्ज...