फेरि कोरोनाको सङ्क्रमण फैलिने जोखिम : मास्क लगाउन र छुटेको भएमा खोपको बुस्टर मात्रा लिन आग्रह

काठमाण्डाै - छिमेकी देश भारत र चीनमा फेरि कोरोनाको सङ्क्रमण फैलिन थालेको छ । केही दिनदेखि चीनकाे राजधानी बेइजिङसहित ठूला सहरमा कोरोना सङ्क्रमण बढेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेका प्रतिबन्ध हटाइएको दुई हप्तापछि चीनमा पुनः महामारी बढ्न थालेको हो । चीनमा कोरोना रोकथामका लागि लागू भएका प्रतिबन्धविरुद्ध प्रदर्शन भएपछि प्रतिबन्ध फुकुवा गरिएको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पछिल्लो समय चीनका अस्पताल सङ्क्रमितले भरिन थालेका समेत जनाएको छ । त्यस्तै भारतमा पनि सङ्क्रमणको ...