मानवबस्ती नजिकै भएकाले पर्यटकहरू मनाङको गंगापूर्ण हिमताल सयर गर्न रुचाउँछन् । तर पछिल्लो समय बाढीपहिरोका कारण गंगापूर्ण हिमताल जोखिममा परेको पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले बताए । हिमपहिरो र पछिल्लोपटक आएको बाढीपहिरोले ताल पुरिँदै आएको छ ।