भारतको उत्तराखण्डमा हिमताल फुट्दा आठको मृत्यु, कैयौँ घाइते

चमोली। भारत उत्तराखण्डको चमोलीमा हिमताल फुट्दा आठ व्यक्तिको मृत्यु भएको छ भने विभिन्न नदी किनारबाट ३८४ जना घाइतेको उद्धार गरिएको छ। चीनसँग सीमा जोडिएको सुम्ना क्षेत्रमा हिमताल शुक्रबार अपराह्नतिर फुटेको मुख्यमन्त्री तीर्थ सिंह रावतले बताए। सोही स्थानमा गत फेब्रुवरीमा पनि हिमताल फुट्दा कम्तीमा ७० जनाले ज्यान गुमाएका थिए। (रासस/एएफपी)