काठमाडौँ – अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। हाइड्रोपावरको चौधौँ वार्षिक साधारण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो। काठमाडौँमा शुक्रबार भएको वार्षिक साधारण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको छ। वार्षिक साधारण सभामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र […]