तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्ध समाप्त भएको डेढ दशक बित्दा पनि द्वन्द्वकालीन समस्या कायमै रहेको भन्दै पीडितहरुले समाधानका लागि माग गरेका छन् । तत्कालीन माओवादी र तत्कालीन सरकारबीच विस्तृत शान्ति सम्झौता भए पनि द्वन्द्वकालमा राज्य र विद्रोही पक्षबाट पीडित भएकाहरुको माग अझै सम्बोधन हुन नसकेको उनीहरुको गुनासो छ ।जनकपुरमा अपाङ्गता भएका द्वन्द्वपीडितहरुको राष्ट्रिय सञ्जालले आयोजना गरेको ‘अपाङ्गता भएका द्वन्द्वपीडितहरुलाई न्याय कहिले ?’ विषयक अन्तरक्रियाका सहभागीले आफूह