निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउँदो मंसिर ४ गते हुने र असोज १ गतदेखि प्रतिनिसधभाको कार्यकाल समाप्त हुने भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि संसदको आजको बैठकलाई सांसदहरुले अन्तिम बैठकका रुपमा लिए । बैठकमा सांसदहरुले प्रतिनिधिसभाको कार्यकाल सकिन लागेको र यो आफ्नो अन्तिम बैठक भएको बताउँदै जनताका आवाज उठाउने क्रममा व्यक्त भएका केही तीता कुराहरुबाट …