मन्त्रालयका नियमित एजेण्डामा निर्णय लिन नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सोमवार बस्ने भएको छ ।
दिउसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । मन्त्रिपरिषद्को नियमित बैठक भएकोले मन्त्रालयमा एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठक लगत्तै सोमवार नै सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साझ ५ बजेका लागि बैठक बोलाइएको छ । राजदूत नियुक्ति लगायत समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक बोलाइएको स्रोतले बतायो ।
प्रधानमन्त्री एवं नेपाली कां...