चुनौतीपूर्ण खाद्य सुरक्षा (सम्पादकीय)

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाको अवसरमा आयोजित खाद्य प्रणाली शिखर सम्मेलनमा भर्चुअल सम्बोधन गर्दै जलवायु परिवर्तन र कोरोना महामारीका कारण खाद्य अपूर्ति शृङ्खलामा आइपरेका अवरोध र बढ्दो मूल्यका कारण अतिकम विकसित तथा विकासशील मुलुकको अवस्था थप गम्भीर हुँदै गएको बताउनुभएको छ । उहाँले सरकार मुलुकभित्र खाद्य सुरक्षा सुनिश्चित गर्नेतर्फ क्रियाशील रहेको नेपालको प्रतिबद्धता स्पष्ट पार्नुभयो । समकालीन विश्वमा खाद्य सुरक्षा विश्वव्यापी चुनौती हो । प्रत्येक व्यक्तिले पर्याप्त, स्वच्छ तथा पोषणयुक्त र आफ्नो आवश्यकता तथा चाहनाअनुरूप खाना खान पाउनु खाद्य सुरक्षा हो । खाद्य सुरक्षामा खाद्यवस्तुको उपलब्धता, खाद्यवस्तुमा पहुँच र उत्पादन गरेर वा खरिद गरेर खान सक्ने क्षमता तथा पोषणयुक्त खाद्यवस्तुको उपयोग समावेश हुन्छ । यी आयाममा स्थायित्व हुनुपर्छ । त्यसैले विश्वका धेरै मुलुक खाद्य असुरक्षाको अवस्थामा छन् । विश्वका ४० मुलुक गम्भीर प्रकारको खाद्य असुरक्षाबाट ग्रसित छन् । विश्वव्यापी भोकमरी सूचकाङ्कमा विश्वका १०७ मुलुकमध्ये नेपाल १९.५ सूचकाङ्कसहित ७३औँ स्थानमा छ । यो खाद्य असुरक्षाको मध्यम स्तर हो । केही वर्षयता खाद्य सुरक्षाको स्थितिमा सुधार आएको छ । नेपाल खाद्यान्न उत्पादनका दृष्टिले आत्मनिर्भर रहे पनि रुचि, स्वाद र पौष्टिक तìवको आवश्यकता जस्ता कारणले खाद्यान्नलगायत खाद्यवस्तु आयात गर्नुपर्ने अवस्था छ । यस हिसाबमा झन्डै एक तिहाइ जनसङ्ख्या खाद्य असुरक्षाको स्थितिमा रहेको अनुमान छ । समग्र खाद्य असुरक्षाकै कारण आउने कुपोषण, पुड्कोपनजस्ता समस्या अझै धेरै छ । पर्याप्त खाद्यान्न उपलब्ध भए पनि पोषिलो र स्वस्थ नहुँदा यी समस्या आउने गर्छन् । भौगोलिक जटिलता र क्रयशक्तिको कमीका कारण केही मानिसको खाद्यान्नमा पहुँच न्यून छ । तापक्रम र वर्षाको प्रवृत्तिमा आएको परिवर्तन, माटोको खस्कँदो गुणस्तर, रोगकीराको बढ्दो आक्रमण, मौसमी तालिकामा परिवर्तन, अतिवृष्टि र अनावृष्टिजस्ता मौसमी घटना जलवायु परिवर्तनका कारण कृषि प्रभावित बनेको छ । किसानको ज्ञान र आर्थिक क्षमता, बजारको अवस्था, पूर्वाधार, जनशक्तिको उपलब्धतालगायत जलवायु अनुकूलनजस्ता पक्षमा कमजोरी रहेकाले खाद्य सुरक्षामा जोखिम बढिरहेको छ ।

सम्बन्धित सामग्री

दोलखाका दुई गाउँपालिकामा पोषण र खाद्य सुरक्षा कार्यक्रम

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका र मेलुङ गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८१ को साउन देखि खाद्य तथा पोषण सुरक्षा सुधार कार्यक्रम सञ्चालन हुने भएको छ। खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना – दोस्रो अन्तर्गत वैतेश्वर गाउँपालिकाका ८ वटै वडा तथा मेलुङ गाउँपालिका-७ वडामा सो कार्यक्रम संचालन हुन लागेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई […]

खाद्य सुरक्षाको प्रत्याभूतिमा पूर्वीय दर्शनको संयोजन

खाद्य सुरक्षा असाध्यै चुनौतीपूर्ण बिषय हो तर यस बारेमा जनचेतना र राज्यको ध्यान एकदमै न्यून अवस्थामा छ। खाने कुरा अमृत हो र त्यो भन्दा धेरै बिष पनि। स्वाद र पेट भर्नका लागि मात्र खानेकुराको उपभोग होइन बरू मानसिक र शारीरिक रुपमा स्वस्थ्य रहनका लागि हो। तथापि विकासको चरणसँगै खाद्य सुरक्षाका मान्यताहरू कमजोर हुँदै गएको देखिएका […]

खाद्य सुरक्षा र कृषि उत्पादन

नेपालको सन्दर्भमा धान नै प्रमुख खाद्य बाली हो । हाम्रो देश कृषिप्रधान भएर पनि पछिल्लो एक दशकदेखि हामीले खाद्यान्न आयात गरिरहेका छौँ । नेपालमा हरेक वर्ष कृषिमा संलग्न रहने जनसंख्या घट्दै गइरहेको देखिन्छ । पछिल्लो तथ्याक हेर्ने हो भने ६० प्रतिशत मानिसमात्र कृषिमा संलग्न रहेका छन् । कृषिमा व्यावसायिकता नहुँदा यस क्षेत्रमा आमनागरिकको आकर्षण घटेर […]

खाद्य स्वच्छता ऐनलाई मुलुकी फौजदारी संहिताबाट अलग गर्ने प्रस्ताव

१७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिस झाले खाद्य सुरक्षा ऐनलाई फौजदारी संहिताबाट अलग गर्ने प्रस्ताव गरेका छन् । खाद्य स्वच्छता सम्बन्धी प्रस्तावित विधेयकले खाद्य सम्बन्धी कसुरमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ पनि आकर्षित हुने भनेको छ । ‘यस ऐनअन्तरर्गत कसुर हुने मुद्दा नेपाल सरकार वादी भई चल्नेछ र त्यस्तो मुद्दा मुलुकी […]

खाद्य सुरक्षा र संरक्षणमा जोड

म्याग्दी । नेपालमा कृषिको उब्जनीमा ह्रास आउँदै गएकोमा म्याग्दीका कृषक तथा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । ४२ औँ विश्व खाद्य दिवस मनाउने सन्दर्भमा प्रांगारिक कृषि अभियन्ताहरूले खाद्य प्रणालीको पुनर्जीवनका लागि जैविक कृषिमा जोड दिनुपर्ने बताएका छन् । नेपालमा पनि कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणमा जोड दिँदै कार्यक्रम गर्ने गरिएपनि कृषिको उब्जनी भने बढ्न […]

खाद्य सुरक्षा चीनको सबैभन्दा आधारभूत चासो हो – चिनियाँ राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले खाद्य सुरक्षालाई निकै महत्त्व दिएका छन् । उनले खाद्य सुरक्षा देशको सबैभन्दा आधारभूत चासो रहेको बताउँदै देश खाद्य सुरक्षामा सजग रहनुपर्ने र स्वदेशी अन्न उत्पादन तथा उत्पादनको क्षमता थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।‘खेतबारी अन्न उत्पादनको जीवन रेखा र चिनियाँ राष्ट्रको दिगो विकासको आधार हो । खेतबारी खेतीका लागि हो अन्य प्रयोजनका लागि होइन । खेतीयोग्य जमिनको संरक्षणका लागि सक्दो कडा प्रणाली ल

देशमा खाद्य सङ्कट कम गर्न ठोस कदम चालिने

शुक्रबार खाद्य सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै विक्रमसिंघेले श्रीलङ्कामा भएको खाद्य सङ्कटका कारण करिब चारदेखि पाँच लाख मानिस प्रत्यक्ष प्रभावित हुने र त्यसलाई समाधान गर्नका लागि अब छिट्टै उत्कृष्ट उपाय अपनाइने बताएको डेली मिरर पत्रिकाले उल्लेख गरेको...

गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिएर सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराइने

काठमाण्डाै – सरकारले गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिएर उनीहरूलाई सुपथ मूल्यमा खाद्यान्नसमेत दिइने बताउनुभएको हो ।

गण्डकी प्रदेशः खाद्य सुरक्षा सूचना निर्देशक समिति गठन

गण्डकी प्रदेश खाद्य परिषदले खाद्य सुरक्षा सूचना निर्देशक समिति गठन गरेको छ। समितिले खाद्य तथा कृषि सम्बन्धी सूचना संकलन तथा विश्लेषण गरी नीति निर्माण तथा सूचना प्रवाहलाई प्रभावकारी बनाउन काम गर्ने बताएको छ।...

खाद्य सम्बन्धी हक र कर्णाली प्रदेश

नेपालको संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हक अन्तर्गत समावेश गरेर यसलाई आधारभूत मानव अधिकारकोरूपमा स्विकारेको छ। यस अन्तर्गत खाद्य हक, खाद्य सुरक्षा र खाद्य सम्प्रभुताका विषय पर्ने कुरा नेपालको संविधानको धारा ३६ मा उल्लेख गरिएको छ। यो नागरिकको आधारभूत अधिकार हो भने राज्यको दायित्वको विषय हो । मौलिक हकलाई कार्यान्वयन गर्नको लागि खाद्य अधिकार तथा […]