काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली बयलगाडा दर्शनका प्रवर्द्धक भएको टिप्पणी गरेका छन्। भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओली बयलगाडा दर्शकका प्रवर्तक हुन्। बयलगाडा चढेर वासिङ्टन जानु र राजतन्त्र फालेर गणतन्त्र ल्याउनु उस्तै उस्तै हुन् भनेर भ्रम फैलाउने व्यक्ति हुन्। ओलीले गफमा विद्यावारिधि गरेका छन्। गफमा कसैले सक्दैनन्। झुटको खेती गर्छन्।’ओलीको झुटको खेतीमा नफस्न सबैलाई अनुरोध ग