विराटनगर–४ का नन्दकुमार साहको ५ धुर जग्गा २ वर्षदेखि सरकारले रोक्का गरेको छ । सरकारले रोक्का राख्नु भन्दा अगाडि उनले ५ वर्षे भाका राखेर बैंकबाट ऋण लिएका थिए । अहिले बैंकले उक्त जग्गा लिलामीमा राखेको छ । एकातिर बैंकको लिलामी, अर्कोतिर सरकारले जग्गा रोक्का राखेका कारण उनलाई आफ्नो सम्पत्ति धितो राखेर कारोबार गर्न समस्या भएको छ । ‘छोराछोरी पढाउनका लागि केही ऋण लिएको थिएँ । तर, बैंकले तत्काल सावा ब्याज तिर्नैपर्छ भन्ने ताकेता गरेको छ । सरकारले पनि जग्गा रोक्का राखिदिएको कारण कुनै बैं