विराटनगर : विराटनगर विमानस्थल पीडितहरू सडक संघर्षमा उत्रिएका छन्। दुई वर्षदेखि जग्गा रोक्का गरेर राज्यले आफूहरूको बिजोग पारिदिएको भन्दै विराटनगर विमानस्थल आसपासमा बसोवास गर्नेहरू संघर्षमा उत्रिएका हुन्।विमानस्थल आसपासका साढे ३ सय परिवारको १ हजार ४ सय कित्ता जग्गा सरकारले रोक्का गरेको दुई वर्ष पूरा भयो। उनीहरूलाई मुआब्जा दाबी गर्न आउनु भनेर सूचना गरेकै पनि त्यति नै समय बित्यो। अहिलेसम्म जग्गा रोकिएका सर्वसाधारणलाई मुआब्जा दिनका लागि भने सरकारले बजेटमा कुनै प्रबन्ध गरेको छैन। विराटनगर–४