ग्रीन हाइड्रोजन प्रयोगले जीडीपीको १०% रकम जोगिने प्रक्षेपण

काठमाडौं। ग्रीन हाइड्रोजनको उत्पादन र प्रयोगले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करीब १० प्रतिशत रकम बराबरको विदेशी मुद्रा बाहिरिनबाट रोक्न सकिने बताइएको छ । माघ ४ मा मन्त्रिपरिषद्को बैठकले ‘ग्रीन हाइड्रोजन नीति २०८०’ स्वीकृत गर्दै यस्तो प्रक्षेपण गरेको हो । अहिले नेपालमा हरेक वर्ष पेट्रोलियम पदार्थको आयातमा मात्रै मुलुकको जीडीपीको करीब १० प्रतिशत रकम बराबरको विदेशी मुद्रा बाहिरिने गरेको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । ‘मुलुकको व्यापार घाटामा अहिले पेट्रोलियम पदार्थको हिस्सा करीब १३ प्रतिशत छ । त्यसैले यसको उत्पादन र प्रयोगले नेपालमा पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन र ऊर्जा सुरक्षामा समेत सघाउ पुग्नेछ । साथै नेपालमा हाल आयात भइरहेको रासायनिक मल खरीदमा करीब २१ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको,’ उक्त निर्णयमा भनिएको छ । नेपालमा अहिले २० हजार मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् उत्पादन हुने आयोजना अध्ययन तथा निर्माणका विभिन्न चरणमा छन् । आगामी वर्ष नेपालमा उत्पादन हुने ठूलो परिमाणको जलविद्युत् समेत स्वदेशमै ग्रीन हाइड्रोजनको उपयोगमा खपत गरी पेट्रोलियम पदार्थ तथा रासायनिक मलको आयात प्रतिस्थापन गर्न सकिने बताइएको छ । शून्य कार्बन उत्सर्जनमा नेपालले गरेको अन्तरराष्ट्रिय प्रतिबद्धता पूरा गर्न र विश्वव्यापी वातावरण संरक्षणमा योगदान पुर्‍याउन समेत ग्रीन हाइड्रोजनको उत्पादन तथा उपयोग आवश्यक भएको सरकारको ठहर छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहले पेट्रोलियम पदार्थमाथिको परनिर्भता घटाई दिगो आर्थिक समृद्धि हासिल गर्न ग्रीन हाइड्रोजनको उत्पादन र उपयोग आवश्यक रहेको बताए । उनका अनुसार यसको उत्पादन र उपयोगमा केही चुनौती भए पनि उत्पादन गर्न सके मुलुकमा हाल खपत भइरहेका कोइला, फर्नेस तेल, एलपी ग्यास र सम्पूर्ण किसिमका पेट्रोलियम पदार्थको आयात न्यूनीकरण गर्न सकिनेछ । यसले देशको अर्थतन्त्र थप सबल, सुरक्षित र आत्मनिर्भर बन्न योगदान पुग्नेछ ।  भन्सार विभागको तथ्यांक अनुसार अहिले नेपालमा वार्षिक ६६ अर्ब रुपैयाँभन्दा बढीको पेट्रोल र साढे १ खर्ब रुपैयाँभन्दा बढीको डिजेल आयात हुने गरेको छ । यद्यपि नेपालमा ग्रीन हाइड्रोजन उत्पादन, प्रयोग र व्यवस्थापनमा वित्तीय स्रोत जुटाउन मुख्य चुनौती रहेको छ । यस्तै यसको भण्डारण र वितरण प्रणालीलाई सुरक्षित एवं भरपर्दो बनाउन नयाँ पूर्वाधार विकास र सुरक्षित ढुवानी पनि चुनौतीकै रूपमा छन् । नेपालभित्र हाइड्रोजन उत्पादनको सम्भाव्यताबारे काठमाडौं विश्वविद्यालयले गरेको प्रारम्भिक अध्ययनअनुसार नेपालमा वर्षात्को समयमा खेर जाने बिजुलीबाट मात्रै सन् २०३० सम्ममा ३ लाख ५० हजार मेट्रिक टन हाइड्रोजन उत्पादन हुन सक्छ । सरकारले पनि विभिन्न स्वदेशी तथा विदेशी निकायसँग यसको विकासबारे छलफल गरिरहेको छ । काठमाडौं विश्वविद्यालय ग्रीन हाइड्रोजन ल्याबका प्रमुख प्राडा. विराजसिंह थापाका अनुसार नेपालमा यसको सम्भाव्यता ठूलो भए पनि चुनौती हटाएर अघि बढ्न उपयुक्त कानून निर्माणको खाँचो छ । यस्तै आन्तरिक खपत, भण्डारण र वितरणको सुनिश्चितता र ढुवानीसम्बन्धी पूर्वाधारलाई सुरक्षित बनाउनुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित सामग्री

ग्रीन हाइड्रोजनको विश्व अनुभव र नेपाल

गएको माघ ३ गते नेपाल सरकारले ‘ग्रीन हाइड्रोजन नीति २०८०’ पास गर्‍यो । ग्रीन हाइड्रोजन नीति आएसँगै हाइड्रोजन ऊर्जाप्रतिको चासो ह्वात्तै बढेको छ । बहसहरूले तीव्रता पाएका छन् । नेपालका लागि हाइड्रोजन ऊर्जा नयाँ क्षेत्र भएका कारण यसप्रतिको जिज्ञासा र चासोलाई स्वाभाविक मान्नुपर्दछ । नीतिगत हिसाबमा पहिलो पाइला हो नेपालका लागि, ग्रीन हाइड्रोजन नीति २०८० […]

राजनीतिक दलका घोषणापत्रमा ‘ग्रीन हाइड्रोजन’

काठमाडौँ–  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेको पहलमा गत महिना ऊर्जाको वैकल्पिक स्रोतको खोजी गर्ने ध्येयका साथ ग्रीन हाइड्रोजन समिटको आयोजना गरियो । खासगरी रशिया र युक्रेनबीचको विवादका कारण विश्वबजारमा इन्धनको मूूल्य अकाशिएको छ । त्यसको प्रभाव संसारभर नै परेको छ । नेपाल पनि त्यसबाट अछुतो रहेको छैन । विश्वभर नै ऊर्जाका विभिन्न […]

राजनीतिक दलका एजेण्डा बन्यो ग्रीन हाइड्रोजन

काठमाडौँ, १७ कात्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष शेष घलेको पहलमा गत महिना ऊर्जाको वैकल्पिक स्रोतको खोजी गर्ने ध्येयका साथ ग्रीन हाइड्रोजन समिटको आयोजना गरियो । खासगरी रशिया र युक्रेनबीचको विवादका कारण विश्वबजारमा इन्धनको मूूल्य अकाशिएको छ । त्यसको प्रभाव संसारभर नै परेको छ । नेपाल पनि त्यसबाट अछुतो रहेको छैन । विश्वभर […]

नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजन सम्मेलन

नेपालमा सोमबारदेखि पहिलो पटक ग्रीन हाइड्रोजन सम्मेलन सुरु भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘नेपाल ग्रीन हाइड्रोजन समिट आयोजना गरिएको हो ।एमआईटी ग्रूप फाउण्डेसन, ग्लोबल एनआरएन फाउण्डेसन, नेपाल सरकार, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले […]

पेट्रोलियम पदार्थको विकल्प बन्न सक्छ ग्रीन हाइड्रोजन : अर्थमन्त्री

काठमाडौँ,२४ असोज । अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न सङ्कटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका लागि ग्रीन हाइड्रोजन नै उत्तम विकल्प भएको बताएका छन् । विश्वका ठूला र औद्योगिक राष्ट्रले उत्पादन गरेको ग्रीन हाउस ग्यासका कारण नेपालजस्ता पर्वतीय मुलुक सङ्कटमा परेको उल्लेख गर्दै उनले जलस्रोतको उपयोग गरेर ग्रीन हाइड्रोजन उत्पादन गर्न सकिने बताए […]

‘पेट्रोलियम पदार्थको विकल्प बन्न सक्छ ग्रीन हाइड्रोजन’

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न संकटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका लागि ग्रीन हाइड्रोजन नै उत्तम विकल्प भएको बताएका छन्। विश्वका ठूला र औद्योगिक राष्ट्रले उत्पादन गरेको ग्रीन हाउस ग्यासका कारण नेपालजस्ता पर्वतीय मुलुक संकटमा परेको उल्लेख गर्दै उनले जलस्रोतको उपयोग गरेर ग्रीन हाइड्रोजन उत्पादन गर्न सकिने बताए । आजदेखि […]

नेपालमा आजदेखि ग्रीन हाइड्रोजन सम्मेलन सुरू हुँदै

काठमाडौं । नेपालमा साेमबारदेखि पहिलो पटक ग्रीन हाइड्रोजन सम्मेलन सुरू हुँदैछ । जलवायु परिवर्तनको असर न्यूनिकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘नेपाल ग्रीन हाइड्रोजन सम्मेलनकाे आयोजना गरिएको हो । एमआईटी ग्रूप फाउण्डेसन, ग्लोबल एनआरएन फाउण्डेसन, नेपाल सरकार, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा […]

असोज २४ गतेदेखि ग्रीन हाइड्रोजन सम्मेलन हुने

काठमाडौं : आगामी असोज २४ गतेदेखि ग्रीन हाइड्रोजन सम्मेलन हुने भएको छ।मंगलवार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो। एम आईटी ग्रुप फाउण्डेसन, ग्लोबल एनआरएन फाउण्डेसन, अर्थ मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको संयुक्त आयोजना आगामी असोज २४ गतेदेखि दुईदिन नेपाल ग्रीन हाइड्रोजन समिटको पहिलो संस्करण हुने भएको हो।नेपाल हरित हाइड्रोजन सम्मेलन ‘पग्लिँदै गरेको हिमालका लागि एन्टिडोज’ भन्ने नाराका साथ आयोजना गरिएको आयोजकले बताएको छ।सम्मेलनको मुख्य उद्देश्य जलवायु परिवर्तन

प्रधानमन्त्री देउवा र केयुका ग्रीन हाइड्रोजन विज्ञ टोलीबीच अर्थपूर्ण छलफल

काठमाडौं, २४ साउन । प्रधानमन्त्री शेर बहादुर देउवा र धुलिखेल स्थित काठमाण्डौ विश्वविद्यालयको ग्रीन हाइड्रोजन विज्ञ टोलीबीच अर्थपूर्ण छलफल भएको छ । बालुवाटारमा प्रधानमन्त्री देउवा र विज्ञ टोलीबीच छलफल भएको हो । छलफलमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, केयुका ग्रीन हाइड्रोजन ल्याबका प्रमुख प्रा. डा.विराज सिं थापा, केयुका प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामा र […]

प्रधानमन्त्री देउवा र केयूका ग्रीन हाइड्रोजन विज्ञहरूबीच भेटवार्ता

२३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं विश्वविद्यालय (केयू) को ग्रीन हाइड्रोजन विज्ञ टोलीबीच भेटवार्ता भएको छ । बालुवाटारमा प्रधानमन्त्री देउवा र विज्ञ टोलीबीच छलफल भएको हो । छलफलमा विज्ञ टोलीकातर्फबाट ग्रीन हाइड्रोजन उत्पादनमा हालसम्म नेपालले हासिल गरेको उपलब्धिबारे प्राध्यापक डाक्टर विराज सिं थापाले प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । प्रधानमन्त्री देउवाले विज्ञ […]