पुस २ गतेदेखि चितवनमा छैटौं अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी शुरु

मंसिर २९, चितवन । उद्योग संघ चितवन र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा यहाँ अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ ।  आगामी पुस २ देखि ४ गतेसम्म यहाँको प्रदर्शनी केन्द्रमा आयोजना हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको संघद्वारा बुधवार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनीको यो छैटौं संस्करण हो । संघका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार प्रदर्शनीमा भारतका ५० स्टलसहित २०० स्टल रहने छन् । ३० प्रतिशत स्टल अत्याधुनिक प्रविधिका उपकरण र अन्य उत्पादनको रहने छन् । कोरोना भाइरस संक्रमण जोखिमका कारण शिथिल बनेको उद्योग व्यवसायको प्रवर्द्वन गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको उनले बताए । प्रदर्शनी सम्पन्न गर्न रू. दुई करोड ५० लाख हाराहारी खर्च हुने भन्दै संस्थागत रुपमा बचत रकम भने न्यून रहने उनको भनाइ थियो । उनले भने, ‘प्रदर्शनी नाफाको लागि भन्दा पनि देशको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले आयोजना गर्न लागेका हौँ ।’ यसबाट चितवन उद्योग संघलाई भन्दा पनि यहाँका अन्य आर्थिक क्षेत्रलाई मद्दत पुग्ने उनको भनाइ छ । यसपटकको प्रदर्शनीबाट रू. पाँच देखि सात लाखसम्म मात्र बचत हुने अनुमान गरिएको छ । प्रदर्शनीमा देशभरका उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमी, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादक, आधुनिक औद्योगिक प्रविधिबारे जानकारी राख्न इच्छुक उद्योग तथा व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले अवलोकन गर्ने बताइएको छ ।  कोरोना भाइरस संक्रमणका कारण चीन, मलेसियाजस्ता देशबाट आउने प्रदर्शकहरु यसपटक आउन नसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । संघका उपाध्यक्ष एवं प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक सूर्यप्रसाद न्यौपानेले उद्यमीहरूलाई नयाँ प्रविधिबारे जानकारी गराउन र विश्व बजारका नवीनतम् प्रविधिको अनुशरणमार्फत औद्योगिक उत्पादकत्व वृद्धिसहित दिगो उद्यमशीलताका लागि उपयुक्त माध्यम बन्ने बताए ।  यसले स्वदेशी तथा विदेशी उद्योगी, व्यवसायीबीच भेटघाट तथा छलफल गर्नमा पनि सहयोग पुग्ने उनको भनाइ थियो । भारतको च्याम्बर अफ कर्मसका प्रतिनिधिहरु समेत प्रदर्शनीमा सहभागी हुने कार्यक्रममा जानकारी गराइयो । सो अबसरमा संघका गभर्निङ काउन्सिलका अध्यक्ष सोमराज मरहठ्ठाले प्रदर्शनीको महत्वका बारेमा जानकारी गराए । रासस

सम्बन्धित सामग्री

सातौं चितवन प्रदर्शनीको तयारी पूरा

सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० को तयारी पूरा भएको छ । ‘दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी’ भन्ने अभियान सहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले प्रदर्शनी हुन लागेको हो । र चितवनमा आयोजित पत्रकार सम्मेलनमा आयोजक चितवन उद्योग संघले औद्योगिक प्रदर्शनीको तयारी पूरा भएको जनाएको हो । औद्योगिक […]

औद्योगिक प्रवद्र्धन गर्न चितवनमा प्रर्दशनी

चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा जारी छैटौं चितवन अन्तर्राष्ट्रिय प्रर्दशनी अवलोकन गर्नेको चहलपहल बढेको छ ।४ गतेदेखि सुरु भएको प्रर्दशनीमा शनिबारसम्म ८ हजार जनाले अवलोकन गरेका छन् । प्राविधिक, अध्ययनशील, उद्यमशील, उद्योगी, व्यवसायीले प्रर्दशनीको अवलोकन गरेको चितवन उद्योग संघका उपाध्यक्ष तथा प्रर्दशनी सञ्चालन विभाग संयोजक सूर्यपसाद न्यौपानेले जानकारी दिए । प्रर्दशनी आज (आइतबार) समापन हुनेछ । […]

चलमलाउँदै चितवनकाे व्यापारिक गितिविध, पुसभर मेला महोत्सव

कुलप्रसाद काफ्ले/न्युज कारखाना : चितवन, ३ पुस : मंसिरलाई विवाहको महिनाका रुपमा लिएजस्तै याे वर्ष चिनवत पुसभर मेला महोत्सवमय बन्ने भएकाे छ । चितवनमा पुस महिनामा मात्रै तीन महोत्सव र एक प्रदर्शनी हुन लागेका हुन् । चितवन उद्योग संघको आयोजनामा शुक्रबारदेखि छैँटौँ औद्योगिक प्रदर्शनी सुरू भएको छ । संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा भएको औद्योगिक […]

चितवनमा आजदेखि शुरु भयो छैटौं अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी (फोटो फिचर)

पुस २, चितवन । ‘दिगो आर्थिक विकासका औद्योगिक प्रवर्द्धन’ भन्ने मुल नाराका साथ आजदेखि चितवनमा अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी शुरु भएको छ । अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनीको यो छैटौं संस्करण हो । पुस ४ गतेसम्म चल्ने अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले उद्धघाटन गर्नका साथै सबै स्टलहरुको अवलोकन गरेकी  छिन् । उद्धघाटन कार्यक्रममा विभिन्न व्यवसायी संस्थाका प्रमुख एवम् प्रतिनिधि, जनप्रतिनिधि तथा उद्योग व्यवसायी तथा अवलोकन कर्ताको सहभागिता रहेको थियो । चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा चितवन उद्योग संघ र मिडीया स्पेसको व्यवस्थापकिय साझेदारीमा प्रदर्शनीको आयोजना गरिएको हो । स्थानीय उत्पादन प्रवर्द्धन तथा निर्माणजन्य सामग्रीलाई प्राथमिकतामा राखेर औद्योगिक प्रदर्शनी शुरु गरिएको हो । कुल २०० स्टलहरुमध्ये ५० भन्दा बढी स्टल भारतका रहेका छन् ।

चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी

नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजनामा आगामी पुस २ देखि ४ सम्म प्रर्दशनी हुने आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो।...

अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी पुसमा हुुँदै, २०० भन्दा बढी स्टलहरू रहने

कात्तिक २८, काठमाडौं । आगामी पुस २ देखि ४ गतेसम्म चितवनमा अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजना एवम् मिडिया स्पेस सोलुसन्स र फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा तीन दिने प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र तथा राष्ट्रिय आविष्कार केन्द्रको समेत सहभागिता रहनेछ । यसअघि दुई/दुई वर्षमा आयोजना हुँदै आएको प्रदर्शनी यस पटकदेखि वार्षिक रूपमा आयोजना गरिने भएको छ । नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रदर्शनीमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरू रहने छन् । जसमध्ये लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सिफारिसमा लघु, घरेलु तथा साना उद्यमी र महिला उद्यमीका लागि ३० ओटा निःशुल्क स्टलको व्यवस्था गरिने छ ।  प्रदर्शनीमा उत्कृष्ट हुने लघु, घरेलु तथा साना उद्यमीहरूलाई प्रवर्द्धन केन्द्रको तर्फबाट पुरस्कार तथा सम्मान समेत गरिनेछ । यसैगरी प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गरेका औद्योगिक उपकरणहरूको समेत प्रदर्शनी हुनेछ । पत्रकार सम्मेलनमा परिसंघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले औद्योगिक प्रवर्द्धन, नवीनप्रविधि हस्तान्तरण र पर्यटन प्रवर्द्धनका लागि यो प्रदर्शनी महत्वपूर्ण हुने बताए । ‘कोभिड १९ का कारण औद्योगिक गतिविधि सुस्त भएको सन्दर्भमा बजारलाई चलायमान बनाउन यस प्रदर्शनी महत्वपूर्ण सावित हुनेछ,’ उनले भने ।  यसैगरी लघु, घरेलु तथा सना उद्योग प्रवद्र्धन केन्द्रका निर्देशक ऋषिराम पंगेनीले उद्यमशीलता प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग मिलेर काम गरिरहेको बताए । यसैगरी राष्ट्रिय आविष्कार केन्द्रका प्रवर्द्धक एवं अध्यक्ष महावीर पुनले उद्यमशीलता र नवीन सोच प्रवर्द्धनका लागि आविष्कार केन्द्रले काम गरिरहेको गरे । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले प्रर्दशनीमा आधुनिक प्रविधिहरूको अनुसरण गर्ने रउद्योगीहरूको जिज्ञासा मेटाउने अवसर मिल्ने विश्वास लिइएको बताए । ‘प्रदर्शनीमा निःशुल्कप्रवेशको व्यवस्था गरिएको छ भने स–साना औजार, मेशिनदेखि ठूला उद्योगका अत्याधुनिक यन्त्र उपकरणहरू र पूर्वाधार निर्माणमा प्रयोग हुने यन्त्र उपकरणको प्रदर्शनी हुनेछ,’ उनले भने । प्रदर्शनीमा देशभरका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नव उद्यमीहरू, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरू, औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहनेहरू व्यवसायिक उत्पादकहरू, नेपाली उद्योगहरूका सञ्चालक, लगानीकर्ताहरू तथा उच्च व्यवस्थापकहरू, उद्यमी तथा उद्यमीका व्यावसायिक परामर्शदाताहरू, वित्तिय सेवाप्रदायकहरू, निर्माणजन्य सामग्री उत्पादकहरू तथानिर्माण व्यवसायीहरू, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिहरूलगायत अवलोकनकर्ताको रूपमा रहनेछन् । उक्तप्रर्दशनी नेपाली उद्यमीहरूलाई नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यम जन्माउन सहयोग गर्ने उपयुक्त माध्यमको रूपमा रहनेछ । उद्यमीहरूलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नविनतम प्रविधि हस्तान्तरणको वातावरण सिर्जना गर्ने महत्वपूर्ण अवसरको रूपमा रहने अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरूबीच प्रत्यक्ष भेटघाट र छलफल हुनगई ब्राण्ड विस्तार तथा अनुभव आदान प्रदानसहित औद्योगिक ज्ञान अभिवृद्धिको महत्वपूर्ण अवसर हुनेछ । यसले स्वदेशी औद्योगिक उत्पादनको अन्तरराष्ट्रिय बजारीकरणमा समेत योगदान पुर्‍याउने आयोजकको विश्वास छ । औद्योगिक प्रवर्द्धनका लागि विषय विज्ञको उपस्थितिमा अन्तरक्रिया आयोजना गरिने र औद्योगीकरणका लागि विश्वमा सफल र उत्कृष्ट ठहरिएका प्रविधिहरूसँंग साक्षात्कारको अवसरसहित अनुसरणका लागि उत्प्रेरणा मिल्ने उक्त प्रदर्शनीमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा सफल उद्यमीहरूको विशेष उपस्थितिमा गोष्ठी तथा सेमिनार आयोजना गरिनेछ । प्रदर्शनी अवधिमा पर्यटन, होटल तथा यातायात सेवामार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा रोजगार तथा आय आर्जनमा सहयोगी भइ दुई वर्षदेखि कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्नेछ । यस प्रर्दशनीलाई सफल बनाउनका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, शिक्षा विकास तथा प्रविधि मन्त्रालय, बागमती प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, राष्ट्रिय आविस्कार केन्द्र, नेपाल घरेलु तथा साना उद्योग महासंघ, चितवनका स्थानीयतहहरूलगायत विभिन्न संघ संस्थाहरूको सहयोगी भूमिका रहेको छ ।

पुस पहिलो साता चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

२८ कात्तिक, काठमाडौं । पुस पहिलो साता चितवनको भरतपुरमा अन्र्तराष्ट्रिय औद्योगिक प्रदर्शनी हुनेभएको छ । नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको संयुक्त आयोजनामा पुस २, ३ र ४ गते प्रदर्शनी आयोजना गरिएको आयोजकले पत्रकार …

कोरोनापछि चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै

चितवनमा कोरोना महामारीपछि पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ । चितवन उद्योग संघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा प्रदर्शनी हुने भएको हो । पुसको २, ३ र ४ गते चल्ने प्रदर्शनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० वटा स्टल हुने बताइएको छ । जसमा ३० वटा स्टल लघु, घरेलु तथा साना उद्योगीका लागि निःशुल्करूपमा छुट्याइएको छ ।कोभिड महामारीपछि दुई वर्षपछि अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी आयोजना हुन लागेको परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । उनले नेपा