पुस २, चितवन । ‘दिगो आर्थिक विकासका औद्योगिक प्रवर्द्धन’ भन्ने मुल नाराका साथ आजदेखि चितवनमा अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी शुरु भएको छ । अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनीको यो छैटौं संस्करण हो ।
पुस ४ गतेसम्म चल्ने अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले उद्धघाटन गर्नका साथै सबै स्टलहरुको अवलोकन गरेकी छिन् ।
उद्धघाटन कार्यक्रममा विभिन्न व्यवसायी संस्थाका प्रमुख एवम् प्रतिनिधि, जनप्रतिनिधि तथा उद्योग व्यवसायी तथा अवलोकन कर्ताको सहभागिता रहेको थियो ।
चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा चितवन उद्योग संघ र मिडीया स्पेसको व्यवस्थापकिय साझेदारीमा प्रदर्शनीको आयोजना गरिएको हो । स्थानीय उत्पादन प्रवर्द्धन तथा निर्माणजन्य सामग्रीलाई प्राथमिकतामा राखेर औद्योगिक प्रदर्शनी शुरु गरिएको हो । कुल २०० स्टलहरुमध्ये ५० भन्दा बढी स्टल भारतका रहेका छन् ।