यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोट जिल्लाका स्थानीयत तह तथा स्वास्थ्य चौकीमा २३ वटा अक्सिजन कन्सनट्रेटरसहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टले सोमबार नुवाकोट जिल्लाका स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्य संस्थाका प्रतिनिधिलाई अक्सिजन कन्सनट्रेटर, मास्क, पीपीई, सेनिटाइजर लगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । अमेरिकन मेडिकल, फाउन्डेसन, नेपाल चिकित्सक संघ र दिपक केसीको सहयोगमा प्राप्त भएको […]