दैनिक २ पटक खाना खाइसकेपछि प्रभावकारी रुपमा दाँत माझ्नु पर्दछ र फोहोर जम्नै दिनु हुँदैन। खाना, खाजा र गुलियो कुराहरु खाइसकेपछि राम्रोसँग कुल्ला गर्नुपर्दछ। सम्भव भए दाँत नै माझ्नु उपयुक्त रहन्छ। दिनमा एक पटक डेन्टल फ्लासको सहयताले दाँत बिचको भागलाई समेत सफा गर्नुपर्दछ।