रसियाले युद्धको मैदानमा आफ्नो सेनाको संख्या बढाउन ट्रान्सनिस्ट्रिया, मोल्डोभाको अज्ञात क्षेत्रबाट मानिसहरूलाई भर्ती गर्ने प्रयास गरिरहेको मन्त्रालयले भनेको छ ।रुसले युक्रेनमा आक्रमण गरेपछिको युद्धमा कति सैनिक मारिएका छन् भन्ने आधिकारिक रूपमा भने केही बताएको छैन । यद्यपि, गत हप्ता रूसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले रसियाले आफ्नो सेनाको ठूलो संख्या गुमाएको स्वीकार गरेका छन् ।पश्चिमी नेताहरूले युद्धमा अहिलेसम्म ७ देखि १५ हजार रुसी सैनिक मारिएको बताएका छन् ।