सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्यानिटरी प्याड आयातमा लाग्दै आइरहेको भन्सार करमा भारी कटौतीको घोषणा गर्यो । यसअघि, लाग्दै आइरहेको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत कटौती गर्दै १.५ प्रतिशतमा झारिएको छ । यसले देशमा रहेका ४० वटा स्यानिटरी प्याड उद्योगको ६ अर्ब लगानी र ६ हजारभन्दा बढीको रोजगारी गुम्ने जोखिम बढेको छ ।सरकारी नयाँ नीति आएसँगै आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै उद्योगहरूले लगानी वृद्धिको नीति परिवर्तन गर्दै कर्मचारी कटौतीतर्फ जोड दिन थालेका छन् । सरक