छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्दै बुंगल नगरपालिका

बझाङ : जिल्लाको बुंगल नगरपालिकाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ।किशोरीलाई रजस्वला हुँदा पनि नियमित विद्यालय आउन प्रोत्साहित गर्नका लागि स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन लागेको  हो। रजस्वला हुँदा विद्यालय नआउने र आए पनि बीचमै कक्षा छाडेर घर जाने समस्याको समाधानका लागि सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था मिलाइएको बुंगल नगरपालिकाका नगर प्रमुख जय बहादुर धामीले बताए।यसका लागि नगरपालिकाल