बतास समूहले सार्वजनिक खरिद ऐनविपरीत मिलेमतोबाट नारायणहिटीमा चमेनागृहसहित १४ रोपनी जग्गा ‘कौडीको मूल्य’ मा हात पारेको पर्यटन मन्त्रालयको छानबिनमा देखिएको छ । घर भाडा लाखमा र जमिन आनाकै करोडौं पर्ने नारायणहिटी संग्रहालयभित्र क्यान्टिन/क्याफ्टेरियाका लागि बतासले ठेक्का पाएको थियो ।