पश्चिम सुर्खेतमा शव परीक्षण घर नहुँदा शव बोकेर वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल पुग्नुपर्ने बाध्यता अब हटेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र, सालकोटमा शव परीक्षण घर निर्माण भएपछि पश्चिम सुर्खेतमै यो सुविधा थपिएको हो ।शव परीक्षण घर नहुँदा यस क्षेत्रका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका बासिन्दाले अनावश्यक सास्ती भोग्नुपरेको थियो । शङ्कास्पद मृत्यु एवं दुर्घटनाबाट भएको मृत्युमा कानुनअनुसार अनिवार्य शव परीक्षण गरिन्छ । प्र