काठमाण्डाै – गएकाे आइतवार मुस्ताङको थासाङ गाउँपालिका २ सानोसरेमा दुर्घटनामा भएकाे तारा एअरको जहाजमा ज्यान गुमाएकाकाे शव परीक्षण गर्न सुरु गरिएको छ ।
ज्यान गुमाउने २२ जनाकै शवको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्ने काम भइरहेको अस्पतालले जनाएको छ । तारा एअरको ९ एनएइटी कलसाइन भएको ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका २२ जनाको शव परीक्षण गरिँदैछ ।
अस्पतालका अनुसार अहिलेसम्म १० वटा शव परीक्षण गरिसकिएको छ । शव परीक्षण सकिएपछि एकै पटक मृतकका आफन्तलाई हस्तान्तरण गरिने अस्पताल व्यवस्था...