प्रधानमन्त्रीले पाए प्रचण्ड बहुमत, २६८ सांसदको समर्थन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनलाई विश्वासको मत प्राप्त भएको हो । प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २६८ मत परेको र विपक्षमा २ मत परेको सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए । योसँगै प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको […]

सम्बन्धित सामग्री

भोलि शतप्रतिशत सांसदको मत पाउने आश छ : प्रधानमन्त्री प्रचण्ड

५ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिंदा शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आश रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् । ‘पहिला विश्वासको मत लिंदा ९९.२५ थियो । भोलि १०० नै हुन्छ भन्ने आश छ’ प्रधानमन्त्री प्रचण्डले […]

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । एक सय ६९ जना सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । कुनै एक दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार विभिन्न पार्टीका बहुमत सांसदको समर्थनमा प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रचण्डलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्ट...

१६९ सांसदको समर्थनसहित प्रचण्ड प्रधानमन्त्री नियुक्त

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, ७ दलसहित स्वतन्त्र सांसदको समर्थन

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन्। यो सँगै उनी तेस्रोपटक प्रधानमन्त्री बनेका हुन्। एमाले, रास्वपा, राप्रपालगयत ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।

प्रचण्ड प्रधानमन्त्री नियुक्त‚ शपथ सोमवार दिउँसो

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतवार प्रधानमन्त्री नियुक्त भएका छन्। १७० जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्। प्रचण्डले पद तथा गोपनीयताको शपथ सोमवार दिउँसो ४ बजे लिनेछन्।

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।

प्रचण्ड ४४ औं प्रधानमन्त्री बन्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ७ दल र स्वतन्त्र सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गरेका प्रचण्ड ७ दल र केही स्वतन्त्र सांसदसहित तेस्रो पटक प्रधानमन्त्री बन्ने भएका हुन् । आज दिउँसो बालकोटस्थित ओली निवासमा बसेको […]

सांसदको हस्ताक्षर लिएर सर्वोच्च अदालत जान्छौँ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालत जाने बताएका छन्। सर्वदलीय बैठकपछि प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री नियुक्तका लागि दिएको हस्ताक्षरसहित अदालत जाने बताएका हुन। उनले भने, "हामी फेरी अदालत जान्छौ। हिजो संसदभित्रै अर्को विकल्प भएको प्रमाणित भएजस्तै फेरि पनि प्रतिवाद गर्छौं। अदालतले फेरि लोकतन्त्र र संविधानको पक्षमा र निरंकुशताको विपक्षमा निर्णय गर्ने अपेक्षा छ।"

नयाँ सरकारका लागि एक सय ४९ सांसदको हस्ताक्षर, देउवा र प्रचण्ड शीतल निवासमा

काठमाण्डाै – नयाँ सरकारका लागि विपक्षी गठबन्धनले एक सय ४९ जना सांसदले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको बाबुराम–उपेन्द्र पक्षका एक सय ४९ सांसदकाे हस्ताक्षर सङ्कलन भएको छ । एक सय ४९ सांसदको हस्ताक्षरसहित नेताहरू शीतल निवास गएको नेपाली कांग्रेसका नेता गगन थापाले बताउनुभयो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने वरिपरि छलफल भएको भए पनि नेताहरूले यसलाई अझै छलफल गर्दै गएर टुङ्ग्याउने भन्नुभएकाले उहाँहरूले नै टुङ्ग्याउने नेता थापाले भन्नुभयो । उहाँले ...

प्रचण्ड–माधव समूहको वाग्मती प्रदेश संसदीय दलको नेतामा शाक्य चयन

१५ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– माधव समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड– माधव समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो । यसअघि यो समूहले वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीको […]