प्रचण्ड ४४ औं प्रधानमन्त्री बन्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ७ दल र स्वतन्त्र सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गरेका प्रचण्ड ७ दल र केही स्वतन्त्र सांसदसहित तेस्रो पटक प्रधानमन्त्री बन्ने भएका हुन् । आज दिउँसो बालकोटस्थित ओली निवासमा बसेको […]

सम्बन्धित सामग्री

अन्ततः प्रचण्ड प्रधानमन्त्री बन्दै, बालकोटमा जुट्यो सहमति

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्दै बालकोट बैठक सकिएको छ। एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने भएका हुन्। योसंगै संविधानको धारा ७६ को उपधारा २ बमोजिम वहुमत पेश गर्दै राष्ट्रपतिसमक्ष सरकार गठनको दाबी पेश हुनेछ।