काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी प्रचारमा रहेका आफ्ना उम्मेदवारमाथि भएका हमलाको निन्दा गरेको छ। प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ती जारी गरेर धनुषामा एमाले र रुकुम पश्चिममा माओवादी कार्यकर्ताबाट राप्रपाका उम्मेदवारमाथि भएको आक्रमणमा दोषीलाई कारवाहीको माग गरेका हुन्।धनुषाको सबेला नगरपालिका-४ का वडा सदस्यका उम्मेदवार समशुल राइन मियामाथि नेकपा एमालेले साङ्घातिक हमला गरेको राप्रपाको आरोप छ।यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ मा वडाध्यक्षका उम्मेदवार लिलिबर बिसीलाई