भारतले जित्याे यू–१९ एसिया कपकाे उपाधि

काठमाण्डाै – भारतले यू–१९ एसिया कप क्रिकेटकाे उपाधि जितेकाे छ । दुबईमा आज शुक्रवार भएकाे फाइनल खेलमा श्रीलङ्कालाई नाै विकेटले हराउँदै भारतले यू–१९ एसिया कपकाे उपाधि जितेकाे हाे । वर्षाले प्रभावित खेलमा भारतीय टाेलीले जितका लागि ३८ ओभरमा एक सय दुई रनकाे लक्ष्य पाएकाे थियाे । भारतका लागि आङ्क्रिश रघुवंशीले ५६ र शैक रशीदले ३१ रन बनाए । यसअघि श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ गर्दै ३८ ओभरमा नाै विकेट गुमाएर एक सय ६ रन बनायाे । तर डकवर्थ लुइस नियमकाे आधारमा भारतले ३८ ओभरमा एक सय दुई रनकाे...

सम्बन्धित सामग्री

सनराइजलाई उपाधि

सनराइजले सोमबार तेस्रो एलसिसिआई भ्याली पब्लिक अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ।...

सनराइजलाई उपाधि

सनराइजले सोमबार तेस्रो एलसिसिआई भ्याली पब्लिक अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ।...

६१ वर्षपछि फर्किएको उपाधि

२०१९ सालमा भएको महेन्द्र गोल्डकपको उपाधि त्यसबेला तत्कालीन मोरङ–११ ले जितेको थियो । त्यसपछि घरेलु टिमले अहिलेसम्म उपाधि जित्न सकेको थिएन ।

अर्जेन्टिनालाई विश्वकपको उपाधि

४ पुस, काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । टाइब्रेकरमा पहिलो […]

मेस्सीलाई करिअरको ३९ औं उपाधि

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले व्यावसायिक करिअरको ३९ औं उपाधि जित्ने क्रममा फ्रान्सेली लिगको उपाधि जितेका छन् । लेन्सविरुद्ध बराबरी खेल्दै उपाधि जित्दा मेस्सीले पिएसजीका लागि एकमात्र गोल गरेका थिए । मेस्सीले जारी सिजन ४ प्रतियोगितामा प्रतिस्पर्धा गर्दा तीनमा भने उपाधि जित्न सकेनन् । सिजनको सुरुवातमा फ्रेन्च कप र फ्रान्सक सुपर कपमा हार बेहोरेको […]

भुवनलाई उपाधि

भुवन नगरकोटीले शुक्रबार सूर्य नेपाल च्यालेन्ज गल्फको उपाधि जितेका छन्।

चेल्सीलाई सुपर कपको उपाधि

चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ। बिहीबार बिहान भिल्ला रियललाई सडेनडेथमा हराउँदै चेल्सीले सिजनको पहिलो उपाधि जितेको हो।

क्रेज्किकोभालाई पहिलो ग्राण्डस्लाम उपाधि

एजेन्सी। चेक गणतन्त्रकी बारबोरा क्रेज्किकोभाले रूसकी एनास्टासिया पाभ्लेयुचेन्कोभालाई २–१ को सेटमा हराउँदै फ्रेन्च ओपनको उपाधि जितेकी छन्। २५ वर्षीया क्रेज्किकोभाले ३१औं वरियाताका पाभ्लेयुचेन्कोभालाई ६–१, २–६, ६–४ को सेटमा हराएकी हुन्। ग्राण्डस्लाममा पाँचौं पटकको प्रयासपछि क्रेज्किकोभा उपाधि जित्न सफल भएकी हुन्। उनको युगल प्रतिस्पर्धामा पनि उपाधि जित्ने सम्भावना छ।

गउफलाई क्ले कोर्टमा पहिलो उपाधि

एजेन्सी। अमेरिकाकी कोको गउफले गएराति वाङ चिएङलाई ६–१, ६–३ को सेटमा हराउँदै एमिलिया–रोमानिया ओपनको उपाधि जितेकी छन्। १७ वर्षे गउफको करियरमा दोस्रो र क्ले कोर्टमा पहिलो उपाधि हो। उनले क्याटी म्याक्नेलीसँग मिलेर युगलमा पनि उपाधि जितिन्। एकल र युगल दुबैमा उपाधि जित्ने उनी सबभन्दा कान्छी खेलाडी बनिन्। यसअघि मारिया सारापोभाले २००४ मा बर्मिङघममा दोहोरो उपाधि जितेकी थिइन्।

सात वर्षपछि एट्लेटिकोलाई ला लिगा उपाधि

एजेन्सी। लुइस स्वारेजको निर्णायक गोलमा एट्लेटिको मड्रिडले गएराति रियाल भालाडोलिडलाई २–१ ले हराउँदै सात वर्षपछि स्पेनिस ला लिगाको उपाधि जितेको छ। पछिल्लो पटक २०१४ मा उपाधि जितेको एट्लेटिकोले शहरी प्रतिद्वन्द्वी रियाल मड्रिडलाई दुई अंकले पछि पार्दै उपाधि जितेको हो। रियालले भिल्लारियाललाई २–१ ले पराजित गरे पनि उपाधि जोगाउन सकेन। एट्लेटिकोको यो ११औं ला लिगा उपाधि हो।