भारतका हतियार कारखानाहरूले पूर्ण रूपमा स्वदेशी प्रविधिमा आधारित बुलेटप्रूफ हेल्मेट तयार पारेका छन् ।
यस ब्यालिस्टिक हेल्मेटलाई आईआईटी रुडकीको सहयोगले बनाइएको हो । यसको परीक्षण गरिसकिएको छ ।
अर्डिनेन्स क्लोदिङ फ्याक्ट्रीमा निर्माण गरिएको हेल्मेटको मूल्य लगभग १८ हजार रुपैयाँ छ । यसले सेनाका जवानलाई बम र गोलीबाट बचाउनेछ ।
बीस मिटरको दूरीमा नौ मिलिमिटर कार्बाइन, एसएलआर वा एकेबाट निस्कने गोलीले यस हेल्मेटलाई छेड्न सक्दैनन् । अनि बमले पनि यसलाई असर पार्न सक्दैन ।
सेना र सीआरपीएफ जस्ता सुरक्ष...