डडेल्धुरा । डडेल्धुरामा चितुवाको आक्रमणमा एक वृद्ध गम्भीर घाइते भएका छन् । आलिताल गाउँपालिका–३ धातडीका ७० वर्षीय गगनसिंह धामी घाइते भएका छन् । धामीलाई सोमबार बिहान वनमा चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको आलिताल प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारको लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं, १५ मंसिर । थापाथलीको सुकुम्बासी गत सोमबार बस्ती हटाउने क्रममा स्थानीयको आक्रमणबाट घाइते भएका नगर प्रहरीले किटानी जाहेरी दिने भएका छन् । आफ्नो कर्तव्य पुरा गर्न पुगेका नगर प्रहरीमाथि आक्रमण गर्ने १८ जना सुकुम्बासीविरुद्ध नगरप्रहरीले प्रहरीमा उजुरी दिन लागेका हुन् । सुकुम्बासी नागरिकको आक्रमणबाट ३६ जना प्रहरी घाइते भएका थिए । जसमध्ये ३ जना […]
गोरखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा गोली चलेको हो । काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको हो ।गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएको प्रहरीले जनाएको छ। उनको तिघ्रामा गोली लागेको छ। गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले झडपलाई नियन्त्रणमा लिनेक्रममा घटना भएको बताए ।
७ वैशाख, काठमाडौं । श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । ११ जना प्रदर्शनकारी घाइते भएका छन् । यो घटनामा प्रहरीतर्फ पनि १० जना घाइते भएका छन् । घाइतेहरुलाई केगले अस्पतालमा भर्ना गरिएको छ । श्रीलंकाको रांबुक्काना भन्ने शहरमा प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन गोली चलाएको हो। प्रहरी प्रवक्ता […]
धनुषाको पोर्ताहामा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले रबरको गोली चलाएको छ ।
पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेर आन्दोलन गरिरहेका कार्यकर्तामाथि प्रहरीले ११ राउण्ड रबरको गोली चलाएको हो । गोली लागेर चार जना आन्दोलनकारी घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै २ जना प्रहरी र २ जना सशस्त्र प्रहरी पनि घाइते भएका छन् ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र बस्नेतका अनुसार स्थिति नियन्त्रणमा लिन ११ राउण्ड रबर बुलेट, १६ सेल अश्रुग्यास प्रहार गरिएको थियो । अह...
सर्वोच्च अदालत परिसरमा जारी नेपाल बार एसोसियसनको धर्नामा प्रहरीले बल प्रयोग गर्दा आधा दर्जन बढी कानुन व्यवसायी घाइते भएका छन्। बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जनसहित कम्तिमा...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीले गरेको आन्दोलनमा प्रहरीले लाठीचार्ज गर्दा एकजना घाइते भएका छन्। प्रहरीको लाठीचार्जबाट काठमाडौं जिल्ला बारका सदस्य वीरेन्द्र पाठकको खुट्टामा चोट लागेको छ।
माथिबाट हान्दा...
कैलाली : कैलालीको लम्कीमा बसले पैदल यात्रुलाई ठक्कर दिएर मृत्यु भएपछि प्रदर्शनमा उत्रिएका स्थानीयलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फाएर गरेको छ।
प्रहरीले फायर गरेको गोली लागेर दुई जना घाइते भएका छन्। घाइते उनीहरूलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ।
प्रदर्शनका क्रममा सशस्त्रका डीएसपीसहित ५ जना प्रहरी पनि घाइते भएका छन्।
प्रहरीमाथि…