अमेरिकामा आफ्नै वीर्य प्रयोग गरेर गर्भधारण गराउने डाक्टरलाई ५ मिलियन डलर जरिवाना

अमेरिकामा आफ्नै शुक्रकिट प्रयोग गरेर  गर्भधारण गराउने डाक्टरलाई अदालतले ५ दशमलव २५ मिलियन डलर क्षतिपूर्ति तिराएको छ । भर्मोन्टको संघीय अदालतले महिलालाई उक्त रकम दिलाउने फैसला गरेको हो । डाक्टरको लाइसेन्स पनि खारेज गरिएको छ । कृत्रिम गर्भाधान प्रकृयामा आफ्नै शुक्रकिट प्रयोग गरेका भर्मोन्टका डाक्टर जोन कोट्स तृतीयको लाइसेन्स स्थायीरुपमा नै खारेज गरिएको थियो । […]

सम्बन्धित सामग्री

पशुमा कृत्रिम गर्भधारणको आकर्षण

मुलुकमा पोथी पशुको तुलनामा भालेको सङ्ख्या निकै कम भए पनि पछिल्लो समय पशु बन्ध्याकरणको सङ्ख्या भने बढ्दै गएको छ । सन्तान वृद्धिका लागि सीमित पशुलाई राखेर बाँकीलाई बन्ध्याकरण गरी कृषि र मासुका लागि प्रयोग गरिने चलन रहेको पशु विज्ञको अनुभव छ ।राष्ट्रिय पशु प्रजनन केन्द्र पोखराका सूचना अधिकारी डा. जगतबन्धु नेपालीका अनुसार नेपाली भाले पशुमा गर्भधारण गराउने वीर्य उत्पादन गर्न सक्ने क्षमता धेरै रहेकाले यस्तो प्रचलन बढेको हो । वीर्य उत्पादन क्षमता उच्च भएकाले सीमितलाई राखेर बाँकीलाई कृषि तथा अन्य प

करीब १ हजार ५०० दम्पतीलाई सन्तान प्राप्तिको खुशी दिन सफल वात्सल्य

वैशाख ७, काठमाडौं । बदलिँदो जीवनशैली, असन्तुलित खानपान, वातावरण प्रदूषण जस्ता विभिन्न कारणहरुले हाम्रो प्रजनन् क्षमतामा कमी आइरहेको छ । वर्षेनि सयौं दम्पतिहरु ३ देखि १५ वर्षसम्म सन्तान प्राप्तिका लागि प्रयास गर्दा पनि सफल नभएर आइभिएफ (इन भिट्रो फर्टीलाइजेशन) जस्ता आधुनिक उपचारका लागि विदेश नै जानुपर्ने वाध्यता रहँदै आएको छ । यस्तै बाध्यता देख्दै आएकी वात्सल्यका कार्यकारी निर्देशक शृष्टि खड्काको सक्रियतामा नेपालमा नै यस्तो सेवा प्रदान गर्ने सोचका साथ ४ वर्षअघि वात्सल्यको स्थापना भएको हो । खड्काले नेपालमै अन्तरराष्ट्रिय स्तरको सेवा प्रदान गर्ने सोचका साथ सोही अनुरुपको प्रविधि र जनशक्ति विकासमा जोड दिदैँ आएकी छिन् । यौन जीवनसँग सम्बन्धित विषयमा खुलेर कुरा गर्न हिच्किचाउने हाम्रो परिवेशमा दम्पतिलाई सहज महसुस गराउन, सफल हुन सम्भव छ भनी विश्वास दिलाउनका लागि सोही अनुरुपको वातावरण खड्काले निर्माण गरेकी हुन् । जसका कारण दम्पति र वात्सल्यका विज्ञहरुबीच आत्मीय सम्बन्ध विकास हुन सम्भव भएको र अवस्था अनुरुपको उपचारबाट अन्तरराष्ट्रिय मापदण्डभन्दा पनि अधिक सफलता हासिल भएको बताइएको छ । स्थापनाको छोटो समयमै करीब १ हजार ५०० ओटा आईभीएफ, ३०० ओटा आईयूआई र ४५०ओटा  प्राकृतिक गर्भधारण गराउन सफल उक्त क्लिनिकमा अन्तरराष्ट्रिय स्तरको प्रविधि र सेवाको अनुभव भएका चिकित्सकहरु रहेका छन् । सबै सुविधा भएका कारण निः सन्तान सम्बन्धि सम्पूर्ण उपचार सफलताका साथ नेपालमै गराउन सम्भव भएको निर्देशक खड्काले बताइन् । हालसम्म वात्सल्यमा नेपाल, पाकिस्तान, हङकङ, जापान, अमेरिका, अस्ट्रेलिया जस्ता मुलुकमा बस्ने विभिन्न दम्पतिले सफल उपचार गराइसकेका छन् ।  एक जना ५० वर्षीय जापानी महिलाको आईभीएफ सफलताको विशेष अनुभव सुनाउँदै खड्काले भनिन्, ‘जापानी महिलाको ३/ ४ ओटा  आईभीएफ प्रयास जापान मै असफल भइसकेको थियो । नेपाल आउँदा महिनावारी पनि सुकिसकेको थियो त्यसैले विगतको अवस्थालाई राम्ररी अध्ययन गर्दै उपचार थाल्यौं । उमेर आफैंमा एक ठूलो चुनौति हो । विशेष निगरानी र सावधानीले गर्दा पहिलो प्रयासमै दुई सन्तान प्राप्त भयो ।’ निःसन्तान सम्बन्धि कारण पहिचान र उपचार, आईभीएफ, आईयूआई , वीर्य जाँच, डिम्ब/शुक्राणु/भ्रूणको फ्रिजिंग, प्रसुतिपूर्वको सम्पूर्ण जाँच, डाइटिसियन सेवा, बालरोग उपचार सेवा जस्ता गर्भधारणसँग सम्बन्धित सेवा प्रदान गर्दै आएको यस क्लिनिकको सेवा नारायणचौर, नक्सालका साथै बिटिएस चौक नेपालगञ्जबाट पनि प्राप्त गर्न सकिने जानकारी दिइएको छ ।