पशुमा कृत्रिम गर्भधारणको आकर्षण

मुलुकमा पोथी पशुको तुलनामा भालेको सङ्ख्या निकै कम भए पनि पछिल्लो समय पशु बन्ध्याकरणको सङ्ख्या भने बढ्दै गएको छ । सन्तान वृद्धिका लागि सीमित पशुलाई राखेर बाँकीलाई बन्ध्याकरण गरी कृषि र मासुका लागि प्रयोग गरिने चलन रहेको पशु विज्ञको अनुभव छ ।राष्ट्रिय पशु प्रजनन केन्द्र पोखराका सूचना अधिकारी डा. जगतबन्धु नेपालीका अनुसार नेपाली भाले पशुमा गर्भधारण गराउने वीर्य उत्पादन गर्न सक्ने क्षमता धेरै रहेकाले यस्तो प्रचलन बढेको हो । वीर्य उत्पादन क्षमता उच्च भएकाले सीमितलाई राखेर बाँकीलाई कृषि तथा अन्य प