काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना शनिबार हुने

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना शनिबारदेखि सुरु हुने भएको छ । बिहान १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । प्रत्येक उम्मेदवारले मतगणनामा आफू वा आफ्नो एकजना प्रतिनिधि गणनामा उपस्थित गराउनुपर्ने निर्वाचन समितिले जनाएको छ । उक्त पार्टीमा  ३५ जना निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् ।जसमा शशांक कोइराला, अर्जुन नरसिंह केसी, ज्ञानेन्द्रबहादुर कार्की, रामशरण महत, रमेश लेखक, बालकृष्ण खाँण, गोपालमान श्रेष्ठ, एनपी सा

सम्बन्धित सामग्री

काँग्रेस केन्द्रीय सदस्य आदिवासीतर्फ कसले कति मत प्राप्त गरे ?

नेपाली काँग्रेस केन्द्रिय सदस्य पदको आदिबासी जनजातीतर्फ ४०४ मत गन्दा चिनकाजी श्रेष्ठले अग्रता लिइरहेका छन् । श्रेष्ठले २२१ मत प्राप्त गरेका छन् भने उमेश श्रेष्ठले २१० मत प्राप्त गरेका छन् ।त्यस्तै, टेकबहादुर गुरुङले २०१ मत प्राप्त गरेका छन् । बहादुरसिंह लामाले १९४ मत प्राप्त गरेका छन् । काँग्रेस केन्द्रीय कार्यालयमा अहिले मतगणना जारी छ ।अहिलेसम्म कसले कति मत प्राप्त गरे ? तलको सूची हेरौं चिनकाजी श्रेष्ठ  २२१उमेश श्रेष्ठ  २१०टेक बहादुर गुरुङ  २०१बहादुरसिंह  लामा तामाङ १९४

काँग्रेस महाधिवेशन: केन्द्रीय सदस्य खुलातर्फ ३५ जना विजयी

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत सोमबार भएको केन्द्रीय सदस्य (खुला) ३५ सिटको मतगणना आज सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यसपछि क्रमशः एनपी साउद (२,९३७), बालकृष्ण खाँण (२,८७९), उदयशम्शेर राणा (२,८४३), रामहरि […]

खुलातर्फ काँग्रेस केन्द्रीय सदस्यको २९९३ मत गणना सकियो, कसको कति मत ? (सूचीसहित)

नेपाली काँग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको आइतबार साढे ३ बजेसम्म २९९३ मतगणना भएको छ । जसअनुसार शशांक कोइरालाले सर्वाधिक २४४२ मत पाएका छन् । यस्तै एनपी साउदले १८९६ मत पाएका छन् । काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु भएको हो।

काँग्रेसको खुला केन्द्रीय सदस्यमा १५८९ मत गन्दा कसको मत कति ?

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०:३० बजेदेखि खुला केन्द्रीय सदस्यमा मतगणना भइरहेको छ । काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । खुल्ला केन्द्रीय सदस्यमा  १५८९ मत गन्दा शशांक कोइरालाले  १३१३ मत प्राप्त गरेका छन् ।उनी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको गरि तीनवटै प्यानलमा थिए ।  १०२२ सहित एनपी साउदले दोस्रो मत  प्राप्त गरेका छन् भने&n

सुनीलबहादुर थापा काँग्रेस केन्द्रीय सदस्य निर्वाचित हुने दिशातर्फ

काठमाडौं, ३ पौष । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणनामा नाम चलेका नेताहरु निर्वाचित हुने सम्भावना बलियो बन्दै गएको छ । ३० प्रतिशत मतगणना सकिंदा चर्चित नेताहरुले अग्रता लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर काँग्रेस प्रवेश गरेका सुनिलबहादुर थापा बढी मत ल्याउने २० नेताभित्र छन् । ३५ जना निर्वाचित हुने केन्द्रीय सदस्यमा उनी २० […]

गणेश लामा काँग्रेस केन्द्रीय सदस्य निर्वाचित हुने सम्भावना बढ्यो

काठमाडौं, ३ पौष । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ । १२ सय भन्दा बढी मतगणना भइसक्दा गणेश लामाले आफूलाई बढी मत ल्याउने २० जनाभित्र पारेका छन् । ३५ जना खुल्लातर्फको केन्द्रीय सदस्य चयन हुने व्यवस्था अनुसार लामाले सम्भावना बढाएका हुन् । उनी विजयकुमार गच्छेदार निकट हुन् । गच्छेदार शेरबहादुर देउवा प्यानलबाट उपसभापतिमा […]

काँग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना सुरु

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना सुरु भएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० : ३० बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले रातोपाटीलाई जानकारी दिए ।काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । यसअघि पदाधिकारी र प्रदेशको भूगोल र पिछडिएका क्षेत्रतर्फका केन्द्रीय सदस्यको मतगणना भइसकेको छ ।

काँग्रेस महाधिशवेन : केन्द्रीय सदस्यको मतगणना हुँदै

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीतर्फको मतगणना सम्पन्न भएको छ । सोमबार सम्पन्न निर्वाचनको मतगणना शुक्रबार सम्पन्न भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अब केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना आजदेखि सुरु हुनेछ । बिहान १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । काँग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् । काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा