गणेश लामा काँग्रेस केन्द्रीय सदस्य निर्वाचित हुने सम्भावना बढ्यो

काठमाडौं, ३ पौष । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ । १२ सय भन्दा बढी मतगणना भइसक्दा गणेश लामाले आफूलाई बढी मत ल्याउने २० जनाभित्र पारेका छन् । ३५ जना खुल्लातर्फको केन्द्रीय सदस्य चयन हुने व्यवस्था अनुसार लामाले सम्भावना बढाएका हुन् । उनी विजयकुमार गच्छेदार निकट हुन् । गच्छेदार शेरबहादुर देउवा प्यानलबाट उपसभापतिमा […]

सम्बन्धित सामग्री

गणेश लामा उम्मेदवार सिफारिस

काभ्रे : मङ्सिर ४ निर्वाचनको लागि काभ्रे क्षेत्र नम्बर १ को (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामालाई सिफारिस गरिएको छ। कांग्रेस काभ्रेको प्रदेश क्षेत्रीय कार्यसमतिको बैठकले प्रत्यक्षतर्फ लामासहित ३ जनाको नाम सिफारिश गरेकाे हो।कांग्रेसको महाधिवेशनमा खुल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका लामाले गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वकाे सरकार बनाउन युवा तथा खेलकुद मन्त्री दिपक मनाङ्गेलाई एमालेको विपक्षमा मतदान गराउन पोखरामै पुगेर विशेष भूमिका खेलेका थ

मलाई गुण्डा नाइके भनेकाे सुन्दा दु:ख लाग्छ : गणेश लामा

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल भए । विगतमा ‘गुण्डा नाइके’ र ‘डन’को छवी भएका लामा विजय गच्छदारसँगै २०७४ को चुनावअघि पार्टी फोरम लोकतान्त्रिक समायोजन गरेर कांग्रेसमा आएका थिए । फोरममा केन्द्रीय सदस्य रहेका […] The post मलाई गुण्डा नाइके भनेकाे सुन्दा दु:ख लाग्छ : गणेश लामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मलाई गुण्डा नाइके भनेको सुन्दा दुःख लाग्छ : गणेश लामा

नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल भए । विगतमा 'गुण्डा नाइके' र 'डन'को छवि भएका लामा विजय गच्छदारसँगै २०७४ को चुनावअघि पार्टी फोरम लोकतान्त्रिक समायोजन गरेर काँग्रेसमा आएका थिए । फोरममा केन्द्रीय सदस्य रहेका लामा पाँच वर्षपछि देशकै पुरानो पार्टीको निर्वाचित केन्द्रीय सदस्य बन्न सफल भएका हुन्  ।लामा भन्छन्, 'मलाई एकदमै गौरव महसुस भइरहे

यी हुन् कांग्रेसको केन्द्रीय सदस्य खुलातर्फ विजयी भएका ३५ जना (सूचीसहित)

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत सोमबार भएको केन्द्रीय सदस्य (खुला) ३५ सिटको मतगणना आज सम्पन्न भएको छ ।  पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यसपछि क्रमशः एनपी साउद (२,९३७), बालकृष्ण खाँण (२,८७९), उदयशम्शेर राणा (२,८४३), रामहरि खतिवडा (२,८३२), ज्ञानेन्द्रबहादुर कार्की (२,८२०), रमेश लेखक (२,७८०), शङ्कर भण्डारी (२,७६८), जीपछिरिङ लामा (२,७०२), अर्जुननरसिंह केसी (२,६५०), जीतजङ्ग बस्नेत (२,५५७), गोपालमान श्रेष्ठ (२,५३८), मोहनबहादुर बस्नेत (२,४७६), सुनिलबहादुर थापा (२,४७२) तथा नैनसिंह महर (२,४६७) मतका साथ निर्वाचित भएका छन् । यसैगरी दिलेन्द्रप्रसाद बडू (२,४४१), डा रामशरण महत (२,४३४), बलबहादुर केसी (२,३८८), गोविन्द भट्टराई (२,३५०), कुन्दनराज काफ्ले (२,२७९), दिपक गिरी (२,२६५), सुरेन्द्रराज पाण्डे (२,२०१), पद्मनारायण चौधरी (२,०३८), राजिव ढुङ्गाना (१,८९६), गुरु बराल (१,८७०), संजयकुमार गौतम (१,८६७) प्रा डा गोविन्दराज पोखरेल (१,८४३), मदनबहादुर अमात्य (१,८३०), अजयबाबु शिवाकोटी (१,८११), गणेश लामा (१,७८२), दिनेश कोइराला (१,७८१), उमेशजङ्ग रायमाझी (१,७७६), इन्जिनियर मोहन आचार्य (१,७५१), डा गोपाल दहित (१,७१०) र कृष्णकिशोर घिमिरे (१,७०७) मतसहित निर्वाचित भएको समितिले जनाएको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए  ।पार्टीका सबै पदाधिकारीको भने शुक्रबार नै मतगणना सम्पन्न भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिएका थिए । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी मध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाती १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्य खुलातर्फ ३५ जना निर्वाचित (सूचीसहित)

पुस ४, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला) ३५ सिटको मतगणना आइतवार सम्पन्न भएको छ ।  पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार पूर्व महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।  त्यसपछि क्रमशः एनपी साउद (२,९३७), बालकृष्ण खाँण (२,८७९), उदयशम्शेर राणा (२,८४३), रामहरि खतिवडा (२,८३२), ज्ञानेन्द्रबहादुर कार्की (२,८२०), रमेश लेखक (२,७८०), शंकर भण्डारी (२,७६८), जीपछिरिङ लामा (२,७०२), अर्जुननरसिंह केसी (२,६५०), जीतजङ्ग बस्नेत (२,५५७), गोपालमान श्रेष्ठ (२,५३८), मोहनबहादुर बस्नेत (२,४७६), सुनिलबहादुर थापा (२,४७२) तथा नैनसिंह महर (२,४६७) मतका साथ निर्वाचित भएका छन् । यसैगरी, दिलेन्द्रप्रसाद बडू (२,४४१), डा रामशरण महत (२,४३४), बलबहादुर केसी (२,३८८), गोविन्द भट्टराई (२,३५०), कुन्दनराज काफ्ले (२,२७९), दिपक गिरी (२,२६५), सुरेन्द्रराज पाण्डे (२,२०१), पद्मनारायण चौधरी (२,०३८), राजिव ढुङ्गाना (१,८९६), गुरु बराल (१,८७०), संजयकुमार गौतम (१,८६७) प्रा डा गोविन्दराज पोखरेल (१,८४३), मदनबहादुर अमात्य (१,८३०), अजयबाबु शिवाकोटी (१,८११), गणेश लामा (१,७८२), दिनेश कोइराला (१,७८१), उमेशजङ्ग रायमाझी (१,७७६), इन्जिनियर मोहन आचार्य (१,७५१), डा गोपाल दहित (१,७१०) र कृष्णकिशोर घिमिरे (१,७०७) मतसहित निर्वाचित भएको समितिले जानकारी दिएको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए ।  पार्टीका सबै पदाधिकारीको भने शुक्रवार नै मतगणना सम्पन्न भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिएका थिए । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् ।  केन्द्रीय कार्यसमितिका पदाधिकारी मध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट हुने व्यवस्था छ । यसैगरी, ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाती १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ । रासस

‘गुन्डा नाइके’ गणेश लामा पनि कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

कांग्रेस खुलातर्फ ३५ केन्द्रीय सदस्यको 'रिङ'भित्रै छन् गणेश लामा

गुण्डा नाइकेको पृष्ठभूमिबाट कांग्रेसको राजनीतिमा आएका गणेश लामा खुला केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गरिरहेका छन् । २९९३ मत गन्दा उनले ११३४ मत प्राप्त गरेका छन् ।  कांग्रेसको १४औं महाधिवेशनको क्रममा भएको निर्वाचनमा लामा खुलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए ।  कांग्रेसमा खुलातर्फको ३५ जना केन्द्रीय सदस्य हुन्छन् । उनी यही ३५ भित्र पर्न प्रतिस्पर्धा गरिरहेका छन् ।  लामा काभ्रेको प्रतिनिधि सभा क्षेत्र नम्बर-१ मा केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।  गुण्डागर्दीको पृष्ठभूमिबाट ...