नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवाद आउनबाट धर्तीका कुनै तागतले रोक्न नसक्ने दावी गरेका छन् । सोमबार नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै समाजवाद नयाँ ढंगले अघि बढीरहेको बताए । उनले समाजवाद भनेको मिलिटरी व्यवस्था नभएको भन्दै राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक शैली पनि भएको बताए । उनले समाजवाद कुनै सम्भावनाको विषय नभएर अनिवार्यता भएको दावी समेत गरे