मकवानपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालले दिने सेवा सर्वसुलभ र गुणस्तरीय हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।
अस्पतालको तीन तले नवनिर्मित भवनको आज मङ्गलवार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रतिष्ठानले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिनेमा विश्वास व्यक्त गर्नुभयो । आम नागरिकलाई सर्वसुलभ ढङ्गले सेवा दिन यस प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका हुने उहाँकाे भनाइ थियाे ।
जननेता मदन भण्डारीको नामबाट स्थापित यस अस्पतालले स्वास्थ्य सेवामा राम्रो ...