बढ्न थाल्यो दूध संकलन, डेरी उद्योगीलाई राहत

बजारमा दुध उत्पादनसँगै आपूर्ति बढेको छ । कात्तिक दूध उत्पादन हुने सिजन रहेकाले पनि संकलन बढेको व्यवसायी बताउँछन् । दुग्ध विकास संस्थान (डीडीसी)का अनुसार तिहारअघि दैनिक ८० देखि ८५ हजार लिटर दूध संकलन हुन्थ्यो । तिहारलगत्तै दैनिक संकलन १ लाख लिटर नाघेको छ ।

सम्बन्धित सामग्री

दूध खपत बढ्यो, किसानलाई भुक्तानी राहत

१ जेठ, काठमाडों । गर्मीमा दुग्धजन्य पदार्थ खपत बढेसँगै दूध किसानले भुक्तानी पाउन थालेका छन् । सरकारले दुग्ध विकास संस्थान (डीडीसी) मार्फत वैशाख पहिलो साता ४८ करोड रुपैयाँ किसानलाई दिएको थियो । यस्तै निजी डेरी उद्योगले …

दूध आयातमा लगाइएको प्रतिबन्धको डेरी सङ्घद्वारा स्वागत

झापा– कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । सङ्घमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राहत पुग्ने ठहर गरेको हो । ‘सङ्घले सात बुँदे निर्णय गरेको छ’, सङ्घका संयोजक रामचन्द्र उप्रेतीले भने, […]

भारतीय दूध आयातमा प्रतिबन्धले किसानलाई राहत

कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । सङ्घमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राहत पुग्ने ठहर गरेको हो ।

डेरी सञ्चालनपछि किसानलाई राहत

सिराहाको दक्षिण–पूर्वी भेग भारतीय सीमासँग जोडिएको भगवानपुर गाउँपालिका–१ मा बालासुन्दरी कृषि सहकारी साना किसान दूध डेरी स्थापना भएपछि किसानले राम्रो आम्दानी गर्न थालेका छन् । उत्तरतर्फ १२ किलोमिटरमा लहान र दक्षिणमा पाँच किलोमिटरमा भारतीय बजार लौकाहामा गएर दूध बिक्री गर्दै आएका यहाँका किसानलाई यो डेरीले सहज बनाएको छ । गाउँकै बजारमा डेरी सञ्चालनमा आएपछि भैँसीपालनतर्फ किसान आकर्षित भएको स्थानीय हरिहरनाथ यादवले बताउनुभयो ।

सहकारी डेरी खुलेपछि किसानलाई राहत

सिरfहाको दक्षिणी र पूर्वी भेगमा पर्ने भारतीय सीमासँग जोडिएको भगवानपुर गाउँपालिका भागवानपुर –१ मा श्री वालासुन्दरी कृषि सहकारी साना किसान दूध डेरी स्थापाना भएपछि भैंसी पालन गरेर किसानहरुले आम्दानी गर्न थालेका छन् ।

गाईपालन र छुर्पी उद्योगबाट मासिक डेढ लाख आम्दानी

भदौ २९, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ मारेकका कमल अधिकारीले १५ लाख रुपैयाँको लागतमा गाउँमै गाईपालनसँगै छुर्पी उद्योग व्यावसायबाट राम्रो आम्दानी गरिरहेका छन् । शुरुमा केही गाईबाट व्यवसाय शुरु गरेका अधिकारीले नमूना गाईफार्म दर्ता गरेर डेरी उद्योग नै सञ्चालन गरिरहेका छन् ।  विसं २०७४ देखि नै डेरी उद्योग व्यवसाय सञ्चालन गरेका अधिकारीले शुरुमा आफ्नै फर्ममा उत्पादित ६० लिटर दूधबाट व्यवसाय शुरु गरेका थिए । करीब डेढ वर्ष आफ्नै फर्ममा उत्पादित दूधबाट मात्रै उद्योग सञ्चालन गरेका अधिकारीले अहिले आफ्नो गोठ र गाउँका कृषकको गरी दैनिक एक हजार २०० लिटर दूध प्रशोधन गर्ने गरेको बताए ।  उत्पादित छुर्पीलाई बजारको कुनै समस्या छैन । यहाँ उत्पादन भएको छुर्पी, घ्यू धनकुटा लगायत पूर्वी तराईका जिल्ला सहित भारत, कोरिया, अमेरिका लयातका मुलुकमा निर्यात हुने गरेको छ । छुर्पी खरीदका लागि व्यापारीहरू उद्योगसम्मै आउने गरेका छन् । उद्योगबाटै छुर्पी प्रतिकिलो ८०० रुपैयाँ र घ्यू प्रतिकिलो ५०० रुपैयाँमा विक्री हुने गरेको छ । ४ वर्षदेखि व्यवसाय सञ्चालन गरिरहेका अधिकारी गाउँमै मनग्य आम्दानी गर्न सफल भएका छन् । गाईपालन र डेरी उद्योगमा मासिक १५ लाख दूध अन्य किसानको खरीद गर्ने बताउने अधिकारीले मासिक ३ लाख आम्दानी गरेको भएपनि खर्च कटाएर मासिक एक लाख ५० हजार रुपैयाँसम्म बचत गर्ने गरेको बताए ।  हुन त युरोपका बजारमा छुर्पीको माग बढेपछि पूर्वी नेपालको पहाडी जिल्लामा दुग्ध प्रशोधन उद्योग खुल्ने क्रम निकै बढेको छ। तरपनि अधिकारीले गाईको दूधबाट बनाइने छुर्पीको माग धान्न नसकेको बताउँछन् । अधिकारीले आफ्नो उद्योगमा दूधका अन्य परिकार समेत बनाइरहेका छन् । यसरी भयो उद्योग स्थापना गाउँका किसानले उत्पादन गरेको दूध विक्री नभएपछि गाउँलेको समेत दूध खरीद गरेर छुर्पी उद्योग सञ्चालन गरेको अधिकारीले बताउँछन् । शुरुमा सुनसरीको एक सहकारीले गाउँमा आएर किसानहरुसँग वार्षिक कति दूध विक्री गर्ने भनेर सम्झौता गरेको र पछि दूध धेरै भएको सो सहकारीले नलिएपछि आफैं उद्योग स्थापना गरेको अधिकारीले बताए । उद्योग स्थापनाका शुरुका दिनमा काम नजानेर धेरै सामान खेर गएको अधिकारीको भनाइ छ ।  डेढ वर्षसम्म आफूलाई दुग्ध परिकार बनाउन सिक्नै लागेको अब केही जान्दछु भनेर अन्य किसानको दूध संकलन गर्न थालेको अधिकारीले बताए । उनले छुर्पी उद्योगसँगै आफ्नै गाई फर्ममा देनिक १७० लिटर दूध उत्पादन गर्दै आएका छन् ।   किसानलाई सहज गाउँमै छुर्पी उद्योग स्थापनासँगै महालक्ष्मी १ का किसानले उत्पादन गरेको दूधले बजार पाउन निकै सहज भएको छ । दुग्ध विकास संस्थान र कामधेनु सहकारी सुनसरीले आफूलाई आवश्यक पर्दा मात्रै दूध लाने गरेको बताउने किसानहरु गाउँमै स्थापना भएको उद्योगले दूध खरीद गर्न थालेपछि खुशी भएका छन् । उद्योगले दूध खरीद गर्न थालेपछि आम्दानीको मुख्य स्रोतको रुपमा पशुपालन रोज्न शुरु गरेका छन् ।  यहाँका किसानले दैनिक कम्तिमा १५ लिटर दूध उत्पादन गर्न थालेका छन् । भनेको बेला विक्री नभएको दूध सहज रुपमा विक्री हुन थालेपछि किसानलाई राहत मिलेको स्थानीय राजेन्द्र थापाले जानकारी दिए । उद्योगले गाईको दूध प्रतिलिटर ३५ र भैँसीको ४५ रुपैयाँमा खरीद गरिरहेको छ । गाउँमै छुर्पी उद्योग सञ्चालनमा आएपछि दूधको खपत पनि बढेको किसानको भनाइ छ ।

पोल्ट्री व्यवसायीले नेपालकै धूलो दूध किन्ने

काठमाडौं । पोल्ट्री व्यवसायीले नेपालकै दुग्ध व्यवसायीसँग धूलो दूध (एसएमपी) किन्ने भएका छन् । कोरोना महामारीका कारण दुग्ध व्यवसायीहरूसँग १ वर्षको अवधिमा करीब ३ अर्ब रुपैयाँ बराबरको धूलो दूध मौज्दात हुन पुगेपछि सरोकारवाला निकायहरूले पोल्ट्री व्यवसायीहरूलाई आफूसँग भएको धूलो दूध किनिदिन आग्रह गरेका छन् । हाल जारी निषेधाज्ञाका कारण करीब ६० प्रतिशतले दूधको खपत घटेको छ । शनिवार दुग्ध विकास बोर्डले पोल्ट्री व्यवसायमा आबद्ध उद्योगी, व्यवसायी तथा किसानहरूसँग मौज्दात रहेको धूलो दूध किनिदिन आग्रह गरेको हो । बोर्डले गरेको आग्रहमा पोल्ट्री व्यवसायीहरू पनि सकारात्मक भएको बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्तले जानकारी दिए । उनका अनुसार यस विषयमा पुनः एकपटक सरोकारवाला निकायहरू सबै बसेर छलफल हुने र त्यसपश्चात् मात्र कहिलेदेखि किन्ने कसरी अघि बढ्ने भन्नेबारेमा टुंगो लाग्नेछ । पोल्ट्री व्यवसायीहरूले अहिलेसम्म कुखुराको दाना र भ्याक्सिन उत्पादन कार्यमा प्रयोग गर्न भारतबाट धूलो दूध किन्दै आएका थिए । उनीहरूले भारतबाट किनेर ल्याउने धूलो दूधभन्दा नेपाली धूलो दूध महँगो पर्न जाने बताइएको छ । व्यवसायीले भारतबाट किनेर ल्याउँदा प्रतिकिलो एसएमपीलाई ३ सय ५० रुपैयाँ पर्छ भने नेपालमा किन्दा ६ सय ५० रुपैयाँ पर्न जानेछ । यद्यपि भारतीय एसएमपीभन्दा नेपाली एसएमपीको गुणस्तर निकै राम्रो भएको बताइएको छ । यदि पोल्ट्री क्षेत्रले धूलो दूध किनेमा हाल मौज्दात ३ अर्ब रुपैयाँ बराबरको सबै दूध खपत हुने अनुमान गरिएको नेपाल डेरी एशोसिएशनका महासचिव प्रह्लाद दाहालले बताए । सामान्य अवस्थामा नेपालमा प्रतिहप्ता ४२ लाख कुखुराका चल्ला उत्पादन हुने गर्छ । तिनै चल्लामा मात्र धूलो दूध प्रयोग गर्न सकेमा डेरी क्षेत्रका लागि ठूलो राहत हुन सक्नेछ । अहिले कुखुराको दानाका लागि मात्रै दैनिक करीब ९ सय मेट्रिकटनसम्म एसएमपी प्रयोग हुने गरेको छ । कुखुराका लागि दैनिक ३ हजार मेट्रिकटन दाना उत्पादन हुन्छ जसमा प्रतिटन ३ किलो एसएमपी प्रयोग गर्नुपर्छ । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको तथ्यांकअनुसार कुखुरालाई दिइने भ्याक्सिन र अन्य औषधिका लागि दैनिक १८ सय टन एसएमपी खपत हुने गरेको छ । दुग्ध व्यवसायीले गरेको आग्रहमा आफूहरू सकारात्मक भएको र कोही पनि पोल्ट्री व्यवसायीहरूलाई अबदेखि भारतीय बजारबाट एसएमपी नकिन्ने र नेपाली एसएमपी नै किन्न आग्रह गरिसकिएको पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले जानकारी दिए । भारतीय एसएमपीको कुनै गुणस्तर नभएकाले त्यसलाई नकिन्न समेत उनले सबै पोल्ट्री व्यवसायीलाई आग्रह गरेका छन् ।

६० % ले घट्यो दुग्ध पदार्थको खपत, दैनिक १० करोडभन्दा बढीको नोक्सान

जेठ २, काठमाडौं । दोस्रो लहरको कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै देशका विभिन्न स्थानमा लागू गरिएको निषेधाज्ञाका कारण दुग्ध पदार्थको खपतमा कमी आएको छ । अन्य समयको तुलनामा निषेधाज्ञासँगै दुग्ध पदार्थको ६० प्रतिशतले कमी आएको व्यवसायीहरू बताउँछन् ।  नेपाल डेरी एसोसिएसनका अनुसार पछिल्लो समय दुग्ध पदार्थको खपतमा कमी आउँदा दैनिक १० करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ । गत वर्षको बन्दाबन्दीमा रहेको मौज्दात दुग्ध पदार्थको धुलो र बटर हालसम्म विक्री नभएको र थप निषेधाज्ञाका कारण ठूलो मात्रामा मौज्दात भएको एशोसिएसनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए । उनका अनुसार हाल निजी डेरी र दुग्ध विकास संस्थानमा गरेर करीब ३ अर्ब बराबरको पाउडर दूध र बटर भण्डारमा थन्किएर बसेको छ ।             चालू पूँजीको रुपमा रहेको रकम ठूलो मात्रामा सामग्री भण्डारणमा मौज्दात बस्दा धेरै डेरी उद्योगहरू बन्द हुने अवस्थामा पुगेको बताइएको छ ।     उनका अनुसार सरकारले हाल उत्पादन क्षेत्रमा आकर्षण बढाउनु पर्नेमा किसान तथा व्यवसायीलाई निरुत्साहन गरेपछि भविष्यमा यसको ठूलो असर पर्ने देखिएको छ । महासचिव दाहाल नेपाल राष्ट्र बैंकले तोके अनुसारको ५ प्रतिशत छूटमा ५ करोड रुपैयाँसम्म कर्जा पाउँदा धेरै राहत भएको बताउँछन् । डेरी एशोसिएसनको तथ्याङ्कअनुसार नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ प्रतिशत र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुँदै आएको छ भने कृषक स्वयंले ५० प्रतिशत उपभोग गर्ने गरेका छन् । रासस

https://www.onlinekhabar.com/2020/04/854552

२ वैसाख, बुटवल । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले गरेको लकडाउनका कारण दूध बिक्री नहुँदा करिब दुई अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको भन्दै तत्काल राहत कार्यक्रम घोषणा गर्न नेपाल डेरी एसोसिएसनले माग गरेको छ …