६ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा ६०० विपन्न परिवारको निःशुल्क बीमा गरिएको छ । नगरले ‘मेयर विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत ६०० परिवारको निःशुल्क बीमा गरेको हो । आर्थिक अभावका कारण कुनै पनि नागरिक स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नगरभित्रका विपन्न नागरिकको परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको बताइएको छ । नागरिकको स्वास्थ्यको रक्षा गर्नु नगरको दायित्व रहेकाले यस वर्षदेखि विपन्न नागरिकको स्वास्थ्य बीमा थालिएको नगरप्रमुख भीम न्यौपानेले बताए । उनका अनुसार उक्त बीमा कार्यक्रमबाट करिब तीन हजार नागरिक लाभान्वित हुनेछन् । वडा कार्यालयले विपन्न परिवार पहिचान गरी सिफारिश गरेको आधारमा बीमा गरिएको नगर स्वास्थ्य शाखाले बताएको छ । हाल प्रतिवडा ५० परिवारका दरले सिफारिस गरिएको छ । बीमित परिवारले आउँदो फागुन १ गतेदेखि धुलिखेल अस्पताल र बनेपास्थित रेयुकाई एइको मासुनागा आँखा अस्पतालबाट सेवा लिन सक्ने बताइएको छ ।      स्थानीय नागरिक, सहकारी संस्था र नगरको सहकार्यमा अन्य आर्थिक अवस्था कमजोर भएका करीब ४ हजार परिवारको स्वास्थ्य बीमा गर्ने नगरको योजना छ । नागरिक र सहकारीको ३३/३३ प्रतिशत तथा नगरको ३४ प्रतिशत रकमबाट उक्त परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिने नगर स्वास्थ्य शाखाले बताएको छ । रासस

सम्बन्धित सामग्री

रोशीमा निःशुल्क स्वास्थ्य बीमा

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका–१ मा एक हजार सात सय ८० नागरिकले निःशुल्क स्वास्थ्य बीमा गराएका छन्। गाउँपालिकाले ६० वर्षभन्दामाथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाएपछि आर्थिक वर्ष २०७९/८० मा उनीहरु स्वास्थ्य बीमा अभियानसित जोडिएका हुन्।

अपाङ्ग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा

नवलपरासी, २३ पुष । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ । गाउँपालिकाभित्रका अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी […]

अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा

हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ।

अपांग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा

मध्यबिन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले अपांग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपांगता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ ।  गाउँपालिकाभित्रका अपांगता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए । […]

देवघाटका बोटे परिवारको निःशुल्क स्वास्थ्य बीमा

तनहुँको देवघाट गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुवात गरेको छ ।

अल्पसङ्ख्यक र विपन्नको  निःशुल्क स्वास्थ्य बीमा

दमौली– तनहुँका स्थानीय तहले अल्पसङ्ख्यक र विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएका छन् । जिल्लाका विभिन्न पालिकाले चालु आर्थिक वर्षमा त्यस्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएका हुन् । देवघाट गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाको चालु आवमा अल्पसङ्ख्यक जातिको बीमा गर्नका लागि बजेट विनियोजन गरेको छ ।  गाउँपालिकाभित्र […]

विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा

काठमाडौँ,७ असार । चितवनको इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गरिबीका कारण गाउँपालिकाका नागरिकहरु स्वास्थ्य बीमाबाट वञ्चित भएकाले कुनै पनि नागरिक स्वास्थ्य बीमाबाट नछुटोस् भन्ने उदेश्यले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो । आर्थिक अभावका कारणले नै यहाँका नागरिक नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट वञ्चित भएको गाउँपालिका अध्यक्ष […]

एक हजारभन्दा बढीको निःशुल्क स्वास्थ्य बीमा

दैलेख : जिल्लाको नारायण नगरपालिकाले मानसिक स्वास्थ्य समस्यामा परेका बिरामी र उनका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ। ११ वडा रहेको नगरपालिकामा हालसम्म मानसिक स्वास्थ्य समस्यामा परेका १ सय ८९ परिवारका १ हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरेको हो।नारायण नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा विनियोजन गरेको बजेटबाट मानसिक स्वास्थ्य समस्यामा परेका १ सय ८९ परिवारका १ हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले बताए।विनियोजन बजेटबाट निःशुल

गुराँस गाउँपालिकाले नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने

दैलेखको गुराँस गाउँपालिकाले आफ्ना नगरवासीहरुको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ।

अतिविपन्न व्यक्तिलाई निःशुल्क स्वास्थ्य बीमा

जुम्लाको तातोपानी गाउँपालिकाले अतिविपन्न स्थानीयलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको छ । जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/७९ को साउनदेखि अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरू गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । कार्यक्रमको १० लाख रुपैयाँ बजेटमा अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको हो । उनले भने, ‘आर्थिक अभावले स्वास्थ्य बिमा नगरेका गाउँपालिकाका ८ वटै वडाभित्रका अतिविपन्न नागरिकलाई लक्षित गरेर प्रतिपरिवार बीमा गर्दाको बीमांक रकम ३ हजार ५०० मध्ये १...