दैलेख : जिल्लाको नारायण नगरपालिकाले मानसिक स्वास्थ्य समस्यामा परेका बिरामी र उनका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ। ११ वडा रहेको नगरपालिकामा हालसम्म मानसिक स्वास्थ्य समस्यामा परेका १ सय ८९ परिवारका १ हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरेको हो।नारायण नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा विनियोजन गरेको बजेटबाट मानसिक स्वास्थ्य समस्यामा परेका १ सय ८९ परिवारका १ हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले बताए।विनियोजन बजेटबाट निःशुल