जुम्लाको तातोपानी गाउँपालिकाले अतिविपन्न स्थानीयलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको छ ।
जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/७९ को साउनदेखि अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरू गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।
कार्यक्रमको १० लाख रुपैयाँ बजेटमा अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको हो । उनले भने, ‘आर्थिक अभावले स्वास्थ्य बिमा नगरेका गाउँपालिकाका ८ वटै वडाभित्रका अतिविपन्न नागरिकलाई लक्षित गरेर प्रतिपरिवार बीमा गर्दाको बीमांक रकम ३ हजार ५०० मध्ये १...