परीक्षणको संख्या घटाएसँगै पछिल्ला दुई दिनमा नेपालमा नयाँ संक्रमितको संख्यामा ह्वात्तै कमी आएको सरकारी तथ्यांकमा देखिएको छ । तर परीक्षणको संख्या घटेर संक्रमितको संख्या कम देखिए पनि संक्रमण दर भने अझै उच्च रहेको छ ।पछिल्लो २४ घण्टामा जम्मा १२ हजार ७७० जनाको कोरोना परीक्षण गरिएको छ जसमा ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९८६ जनाको पीसीआर परीक्षण र १७८४ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३ हजार ७०२ र ६६७ जनामा संक्रमण पुष्टि भएको हो ।यसअघि दैनिक २० हजार हाराहारीमा परीक्षण गरिँदै आएकोम