तुलनात्मक रुपमा केही दिनयता कोरोना सङ्क्रमित हुनेको सङ्ख्या घटिरहेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या केही घट्यो भन्दैमा कोरोनाको जोखिम कम हुँदै गयो भन्ने सक्ने अवस्थामा हामी छैनौँ ।
लक्षणहरु सुधारोन्मुख छन् । सङ्क्रमणदर कम हुँदै जानुमा निषेधाज्ञाले केही भूमिका त पक्कै खेलेको छ । तर निषेधाज्ञा लागू भए पनि प्रभावकारी रुपमा निषेधाज्ञाको पालना नभएको अध्ययनहरुले देखाएका छन् । ग्रामीण क्षेत्रहरुमा सङ्क्रमणदर बढ्दै गएको देखिन्छ ।
ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमणदर बढ्दै जाने र सहरी क्षेत्रमा निषेधाज्ञाको पूर्णरुपमा पा...