महाकाली पुलको निर्माण सुस्त गतिमा

१ वैशाख, महेन्द्रनगर । बितेको ६ महिनायता कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुल निर्माणले गति लिन सकेको छैन । सुदूरपश्चिमकै ठूलो आयोजनाभित्र पर्ने चार लेनको ८०० मिटर लम्बाइको पक्की पुलसँगै बन्ने ड्याम, पहुँचमार्गलगायतमा प्रक्रियागत उल्झन देखिएपछि ढिलाइ भएको छ । गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीपछि यहाँ पुलको काम प्रभावित बन्न […]

सम्बन्धित सामग्री

पुल निर्माण सुस्त गतिमा

गुल्मी, ४ चैत । गुल्मीमा चार पक्की पुलको निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । सम्झौता बमोजिम तोकिएको समयमा पुल निर्माणको काम सम्पन्न हुन सकेको छैन । हुलाके, धनार्जी, घमिर र फूलबारीमा पक्की पुल निर्माणाधीन अवस्थामा छन् । तम्घास–सिमलटारी सडक खण्डअन्र्तगतका ती पक्की पुल समयमै निर्माण नहुँदा यात्रुले वषौँदेखि सास्ती खेप्दै आएका छन् । सडक […]

साढे तीन वर्षअघि सम्पन्न हुनुपर्ने पक्की पुलको निर्माणले अझै गति लिएन

काभ्रे र मकवानपुर जोड्न बागमती नदीमा बन्ने पुलको निर्माण अति सुस्त, ६ वर्षमा एउटा पिलर बन्यो सम्झौताअनुसार समयमै काम सकिएको भए साढे तीन वर्षअघि नै काभ्रेको खानीखोला गाउँपालिका र मकवानपुरको बागमती...

हिल्सा–सिमकोट सडक चार वर्षमा पनि पुल बनेन

कर्णाली कोरिडोरको हिल्सा–सिमकोट सडक खण्डअन्तर्गत निर्माणाधीन पक्की पुलको निर्माण कार्य सुस्त भइरहेको छ । सो सडक खण्डमा चारवटा पुल निर्माण भइरहेका छन् । सिमकोट गाउँपालिका–७ का प्रकाश शाहीले उत्तरी हुम्लामा पर्ने हिल्सा–सिमकोट सडक खण्डका चारवटा पुलको निर्माण कार्य सुस्त गतिमा भइरहेको बताउनुभयो । उहाँका अनुसार यी पुल चार/पाँच वर्षयता निरन्तर निर्माण भइरहेका छन् । काम भए पनि निकै सुस्त गतिमा भइरहेकाले पुल निर्माण कार्य छिटै सम्पन्न हुनेमा शाहीले शङ्का व्यक्त गर्नुभयो ।

महाकाली पुलको निर्माण सुस्त

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुलको काममा ढिलाइ भएको छ । सुदूरपश्चिमकै ठूलो आयोजनामा पर्ने चार लेनको ८०० मिटर लम्बाइको पक्की पुलसँगै बन्ने बाँध, पहुँचमार्गलगायतमा प्रक्रियागत उल्झन देखिएपछि ढिलाइ भएको हो । गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीपछि यहाँ पुलको काम प्रभावित बन्न पुगेको थियो । त्यसयता पुलको काम छिटफुट रूपमा भए पनि बाँध निर्माणलगायत काम भने शुरू नै हुन सकेको छैन । पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डिजाइन परिवर्तन स्वीकृत भए पनि ‘भेरिएसन अर्डर’ नहुँदा काम अघि बढ्न नसकेको निर्माण कम्पनीले बताएको छ । यसअघि ठूला ढुंगाको गाइडबण्ड बनाउने सम्झौतामा रहे पनि त्यसको व्यवस्थापन हुन नसकेपछि डिजाइन परिवर्तनको पहल भएको हो । गाइडबण्ड बनाउन करीब १ लाख ८१ हजार घनमिटर ढुंगा आवश्यक पर्ने बताइएको छ । पुल निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी (सीएफसी) जेभीका इन्जिनीयर किशोरराज पाण्डेयले  गाइडबण्डको डिजाइन परिवर्तन भए पनि ‘भेरिएसन अर्डर’ नहुँदा आर्थिक विषय नटुंगिएको बताए । ‘गत फागुन २३ गते डिजाइन परिवर्तन भए पनि ‘भेरिएसन अर्डर’ नहँुदा काममा ढिलाइ भयो,’ इन्जिनीयर पाण्डेयले भने, ‘डिजाइन परिवर्तनसँगै रकम पनि तल–माथि हुन्छ ।’ ‘अब वर्षात् नजिकिँदै छ र यसका कारण खोलाभित्रको काम प्रभावित हुन्छ,’ उनले भने, ‘अन्य निर्माण भने चलिरहेको छ ।’ गत जेठ र कात्तिकमा महाकालीमा आएको बाढीले निर्माण कम्पनीको करीब २० करोडभन्दा बढीको क्षति पुर्‍याएको थियो । त्यसैगरी पुलसँगै सात दशमलव आठ किलोमिटर ६ लेनको पहुँचमार्गअन्तर्गत चार किलोमिटरभन्दा बढी सडक कालोपत्र भइसकेको छ । रू. तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको पुल आयोजनाको ७६ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । पुल बने सुदूरपश्चिमको आर्थिक विकासले फड्को मार्ने अपेक्षा गरिएको छ । उक्त आयोजनाको निर्माण दु्रतगतिमा गर्न महाकाली तटीय क्षेत्रका स्थानीयवासीले दबाब दिँदै आएका छन् । योजनामा पुलको दुवैतर्फ ५ हजार ४०० मिटर बाँध निर्माण गर्नुपर्ने व्यवस्था छ । २०७४ भदौदेखि पुल निर्माण शुरू भएकोमा कारोना महामारीका कारण दुई पटकसम्म प्रभावित बनेको थियो । रासस

महाकाली पुलको निर्माण सुस्त गतिमा

बितेको छ महिनायता कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणले गति लिन सकेको छैन । सुदूरपश्चिमकै ठूलो आयोजनाभित्र पर्ने चार लेनको ८०० मिटर लम्बाइको पक्की पुलसँगै बन्ने ड्याम, पहुँचमार्गलगायतमा प्रक्रियागत उल्झन देखिएपछि ढिलाइ भएको छ ।गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीपछि यहाँ पुलको काम प्रभावित बन्न पुगेको थियो । त्यसयता पुलको काम छिटपुटरूपमा भए पनि बाँध निर्माणलगायतका काम भने सुरु नै हुनसकेको छैन । पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डि

मुग्लिन–नारायणगढ सडकखण्डमा पुल निर्माण सुस्त

मुग्लिन–नारायणगढ सडकखण्डमा निर्माण हुनुपर्ने १५ वटा पुलमध्ये दुईटा पुलको काम आठ महिना बाँकी हुँदा पनि सुरु भएको छैन ।दुई वर्षअघि यस सडकखण्डमा १५ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आउँदो मङ्सिर महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि मुग्लिन नजिकको खहरे खोला र तुइन खोलाको पुलको निर्माण कार्य नै सुरु नभएको नारायणगढ–मुग्लिन, नागढुङ्गा–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिनुभयो ।

पूर्वी पहाडी जिल्ला जोड्ने चारवटा पुलको निर्माण सुस्त

यसैगरी, धनकुटा र भोजपुर जोड्ने अरु खोला पुलको काममा पनि ठेक्का पाएको कम्पनीले लापरबाही गरेको छ।

पूर्व क्षेत्रका ११ जिल्लाको पुल निर्माण गति सुस्त

पुल योजना पूर्वी क्षेत्र सेक्टर नं. १ का प्रमुख कैलाश देवले भने, ‘अधिकतम पुलको निर्माण कार्य सुस्त छ।’ सेक्टर योजनाले निर्माण सुस्त ढंगले अघि बढाउने कार्यको सम्पूर्ण विवरण संकलन थालेको छ।

समयभन्दा पहिले सकिँदै पुल निर्माणको काम

बाँकेमा लुम्बिनी प्रदेश सरकार अन्तर्गत निर्माणाधीन अधिकांश पुलको निर्माण कार्य सुस्त रहेको अवस्थामा दुई वटा पुल निर्धारित समयभन्दा पहिले नै सम्पन्न हुनेभएको छ ।