काठमाडौं । नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सको उत्पादन ‘टिभिएस एनटर्क रेस एक्सपि’ सन् २०२२ को उत्कृष्ट ‘फिचर लोडेड स्कुटर अवार्ड’द्वारा सम्मानित भएको छ ।
१२५ सीसी सेग्मेन्टको स्कुटरमा १० पिएसभन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएको भन्दै यसलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड नेपाली स्टार्टअप, उत्पादन र नेपाली प्राविधिक इभेन्टसँग सम्बन्धित नेपाली मिडिया टेकलेखले प्रदान गरेको हो ।
जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले २०२२ को उत्कृष्ट फिचर लोडेड स्कूटरको अवार्डद्वारा सम्मानित हुनु कम्पनीको गौरवको विषय भएको बताए । टिभिएस एनटर्क १२५ रेस एक्सपि यो सेग्मेन्टमै सबैभन्दा बढी पावर दिने स्कुटर मात्र नभई डुअल राइड मोड भएको सेग्मेन्टमा समेत पहिलो भएको उनको दाबी छ ।