काठमाडौं- दक्षिण भारतको तमिल नाडुस्थित एक मन्दिरमा भएको धार्मिक जात्राका क्रममा करेन्ट लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । तञ्जावुर जिल्लामा मन्दिरको रथ उच्च भोल्टको नांगो तारलाई छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा दुई जना बालबालिका पनि छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अधिकारीहरूले अनुमान गरेका छन् […]