काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूलाई निर्वाचन आयोगले अध्यक्षको मान्यता नदिएपछि केही फरक नपर्ने बताएका छन् । सोमवार पेरिसडाँडामा प्रदेश– २ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले पार्टीमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको कारण आफूलाई केही फरक नपर्ने बताएका हुन् ।