खोटाङमा विद्युतीकरणको काम तीव्र

खोटाङ – दश स्थानीय तह रहेको खोटाङमा अहिले अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम भइरहेको छ। पाँच वर्षभित्र सबै ठाउँमा विद्युत् विस्तार गरिसक्ने संघीय सरकारको योजनाअनुसार जिल्लाका दशवटै स्थानीय तहमा बसोबास गर्ने उपभोक्ताको घरमा बिजुली बाल्ने गरी विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले विद्युतीकरणलाई तीव्रता दिएको हो। ऐसेलुखर्क गाउँपालिकामा १८ महिनाभित्र विद्युतीकरणको सम्पूर्ण काम सक्नेगरी शनिबारदेखि विस्तृत […]

सम्बन्धित सामग्री

काठमाडौं–तराई द्रुतमार्गअन्तर्गत सुरुङमार्गको काम तीव्र

काठमाडौं। नेपाली सेनाले जिम्मा लिएको काठमाडौं–तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ । तराई–मधेसलाई काठमाडौंसँग एक घण्टा २ मिनेटको दूरीमा ल्याएर वीरगञ्ज नाकाबाट अधिक लाभ हासिल गर्ने उद्देश्यसहित निर्माण थालिएको द्रुतमार्गको कतिपय कामहरू ढिला भए पनि सुरुङमार्गको काम भने तीव्र गतिमा अघि बढेको छ । सेनाको व्यवस्थापनमा निर्माण भइरहेको नेपाल सरकारको […]

सुनकोशी–मरिण डाइभर्सनको काम तीव्र गतिमा

सिन्धुली । सिन्धुलीमा संचालित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम लक्ष्यभन्दा तीव्र गतिमा भइरहेको छ ।कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये टिविएम संचालन भएको ९ महिनाको अवधिमा ७ दशमलव ५ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको हालसम्मको प्रगती लक्ष्य भौतिक र वित्तिय १३ प्रतिशत रहेकोमा भौतिक तर्फ २१ दशमलव ४ प्रतिशत र वित्तिय तर्फ […]

बीपीमार्ग स्तरोन्नतिको काम तीव्र

दाङको पहाडी विकट बस्ती हाँसीपुर हुँदै प्रदेश राजधानी जोड्ने बीपीमार्ग अन्तर्गत सिमलतारा–मूलाबारी–हाँसीपुर–बाङ्गेसाल सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढेको छ । बीपीमार्गअन्तर्गत घोराही उपमहानगरपालिका–१ को सिमलतारादेखि बंगलाचुली गाउँपालिकाको हाँसीपुरसम्मको सडक स्तरोन्नतिको काम अघि बढेको हो । जिल्लाका विभिन्न ठाउँमा सडक निर्माण तथा विस्तारका काम अघि बढ्न नसकेको अवस्थामा सिमलतारा–मुलाबारी–हाँसीपुर–बांङ्गेसाल सडक खण्डअन्तर्गतको १७ किलोमिटर सडक निर्माणको […]

दबाबपछि भेरी करिडोरको काम तीव्र

तोकिएको समयमा सडक स्तरोन्नतिको काम नभएको भन्दै आलोचना भएपछि भेरी करिडोरको कामलाई तीव्रता दिइएको छ । यती बिल्डर्सले सडक पिच गर्नका लागि सडकको साइट कटिङको कामलाई तीव्रता दिएको हो । जाजरकोट सदरमुकामस्थित पासागाडबाट नलगाड नगरपालिकाको तल्लु बगरसम्म पिचका लागि ठेक्का पाएको यती बिल्डर्सले पिच भइसक्ने समयमा सडकको साइटमा कटिङको काम सुरु गरेको छ । शक्ति […]

प्रदेशसभाको बैठक दाङमै राख्ने गरी राजधानी सार्ने काम तीव्र

१६ मंसिर, दाङ । लुम्बिनी प्रदेश राजधानी दाङ स्थानान्तरणको काम तीव्र परिएको छ । २०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निर्णय गरेको थियो । प्रदेशसभाले गरेको निर्णय अनुरुप करिब डेढ वर्षपछि प्रदेश राजधानी कार्यान्वयनको काम अघि बढाइएको हो । निर्वाचन लगतै लुम्बिनी […]

पहिरो पन्छाउने काम तीव्र गतिमा हुँदै

काठमाडौँ,४ कार्तिक । गएको असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले कर्णाली राजमार्ग पूर्णरुपमा क्षति भएको छ । माथिल्लो कर्णालीवासीको सबैभन्दा सहज माध्यम भनेको कर्णाली राजमार्ग हो । यही राजमार्ग भएर देशका विभिन्न स्थनमा कर्णालीका बासिन्दा पुग्ने गरेका छन् । अहिले बाढी पहिराले राजमार्ग ठप्प हुँदा यहाँका नागरिकलाई सास्ती भएको छ । स्थानीय प्रशासन, […]

पाइपलाइन निर्माणको काम तीव्र

काठमाडौं । भारतको विहारस्थित मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र भइरहेको छ । दोस्रो चरणको कार्यअन्तर्गत इन्डियन आयल कोर्पोरेशन(आईओसी) को प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह निर्माण सुरु भएको हो । मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइपलाइनबाट पेट्रोल आयात गर्न दोस्रो […]

१३२ केभी लाइनको काम तीव्र

कोहलपुर–सुर्खेत–दैलेख १ सय ३२ केभी प्रसारण आयोजनाको काम तीव्र गतिमा भइरहेको छ।

निषेधाज्ञामा पनि पुष्पलाल मध्यपहाडी लोकमार्गको काम तीव्र

जेठ ८, दैलेख । पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत लोहोरेदेखि सदरमुकाम दैलेख बजार खण्डको १० किलोमिटर सडकको काम तीव्र पारिएको छ । दैलेखमा दुई सातादेखि निषेधाज्ञा लागू गरिएको भए पनि विकास निर्माणका ठूला आयोजनाका काम भने निरन्तर सञ्चालनमा छन् । जिल्लाको भाग्य र भविष्यसँग जोडिएको यस राजमार्ग निर्माणका लागि सामाजिक दूरी कायम गरेर सुरक्षित रूपमा काम सञ्चालन गर्न स्थानीय प्रशासनले निर्माण कम्पनीलाई आग्रह गरेको छ । लामो समयदेखि बन्द भएको सडक निर्माणको काम धमाधम शुरु हुन थालेपछि जिल्लावासी निकै खुसी देखिएका छन् ।  राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यस लोकमार्गले गति लिएपछि धेरै रोजगारी अवसरहरु सिर्जना भएका छन् ।  मध्यपहाडी राजमार्ग दैलेख हुँदै जान थालेपछि बस्ती नभएका ठाउँमा बजारको विस्तार हुँदै गएको छ । स्थानीय कृषिजन्य वस्तुले बजार पाउन थालेका छन् । दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज भएको छ ।  बाटोको सहज पहुँचले स्थानीय स्तरमा पर्यटन विकाससँगै ओझेलमा परेका पुराना सम्पदाहरु, तालतलैया एवम् स्थानीयस्तरमा बजारीकरणको विकास हुने निश्चित छ । दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर बिकले जानकारी दिए । मध्यपहाडी राजमार्ग सञ्चालन भए दैलेखको मुहार परिवर्तन हुने, आन्तरिक र बाह्य पर्यटन प्रर्वद्धन हुने र व्यापार व्यवसाय बढ्ने बिकले बताए । शर्मा हिमाल निर्माण कम्पनीले जिम्मा लिएको लोहोरे–दैलेख १० किलोमिटर सडक विसं २०७९ सम्म कालोपत्र गरिसक्नुपर्ने सम्झौता छ । यही जेठ महीनाभित्र सडकको पर्खाल निर्माण, ग्याबिन निर्माण र नाली व्यवस्थापनसँगै कालोपत्रेका लागि सडक ग्राभेल गर्ने गरी काम तीव्र पारिएको निर्माण कम्पनीका शम्भु ठकुरीले जानकारी दिए । रासस

नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको काम तीव्र गतिमा

कोभिड–१९ का कारण असर परेको राष्ट्रिय गौरवको आयोजना नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढेको छ ।नागढुंगादेखि सिस्नेखोलासम्म बन्न लागेको २ दशमलव ६८८ लम्बाइको सुरुङको कामले तीव्रता पाएको छ । काम केही समय रोकिए पनि हाल भने दुई सिफ्टमा चौबीसै घण्टा काम भइरहेको आयोजना प्रमुख नरेशमा शाक्यले जानकारी दिए । नेपाल समाचारपत्रमा खबर छ ।