‘भैंसी सुत्केरी भत्ता’ कार्यक्रमले दूध उत्पादन दोब्बर

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले भैंसी सुत्केरी हुँदा भत्ता दिन थालेपछि दूध उत्पादन दोब्बरले बढेको छ । नगरपालिकाले पशुपालनमा आत्मनिर्भर बनाउने उद्देश्यले आर्थिक वर्ष २०७४/७५ देखि ‘सुत्केरी भैंसी प्रोत्साहन कार्यक्रम’ सञ्चालनमा ल्याएपछि त्यसको प्रभाव अहिले देखिन थालेको छ । किसान पशुपालनतर्फ आकर्षित भई पशु पालन बढाउँदा दुध उत्पादन दोब्बरले बढ्न थालेको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाका अनुसार किसानले पालेको भैंसी सुत्केरी हुँदा पहिलो बेतको सुत्केरीबापत ५ हजार रुपैयाँ र त्यसपछि २ हजार रुपैयाँका दरले भैंसी सुत्केरी भत्ता दिँदै आएको छ । त्यसपछि यहाँका किसान भैंसीपालनमा निकै आकर्षित भएका छन् । पनौती नगरपालिका–५ का चन्द्रप्रसाद न्यौपानेले भैंसी सुत्केरी भत्ता लागु भएपछि नै भैंसी पालन शुरू गरेका हुन् । उनले अहिले फार्म नै स्थापना गरेर १७ ओटा भैंसी पालेका छन् । ‘नगरपालिकाले भत्तासँगै भ्याक्सिन र औषधि निःशुल्क गर्दा मलाई पनि आकर्षित गरेको हो,’ न्यौपानेले भने । नगरपालिकाका अनुसार भैंसी सुत्केरी भत्ता लागू हुनुपूर्व नगरपालिकाभित्र कुल ४ हजार ७४७ भैंसीपालन गरिएका थिए । रासस

सम्बन्धित सामग्री

‘भैंसी सुत्केरी भत्ता’को प्रभाव: दूध उत्पादन करीब दोब्बरले बढ्यो

वैशाख ८, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले भैंसी सुत्केरी हुँदा भत्ता दिन थालेपछि दुध उत्पादन दोब्बरले बढेको छ । नगरपालिकाले पशुपालनमा आत्मनिर्भर बनाउने उद्देश्यले आर्थिक वर्ष २०७४/०७५ देखि ‘सुत्केरी भैंसी प्रोत्साहन कार्यक्रम’ सञ्चालनमा ल्याएपछि त्यसको प्रभाव अहिले देखिन थालेको छ । किसान पशुपालनतर्फ आकर्षित भई पशु पालन बढाउँदा दुध उत्पादन दोब्बरले बढ्न थालेको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाका अनुसार किसानले पालेको भैंसी सुत्केरी हुँदा पहिलो बेतको सुत्केरी वापत ५ हजार रुपैयाँ र त्यसपछि २ हजार रुपैयाँका दरले भैंसी सुत्केरी भत्ता दिँदै आएको छ । त्यसपति यहाँका किसान भैंसी पालनमा निकै आकर्षित भएका छन् । पनौती नगरपालिका वडा नम्बर ५ का चन्द्रप्रसाद न्यौपानेले भैंसी सुत्केरी भत्ता लागु भएपछि नै भैंसी पालन शुरू गरेका हुन् । उनले अहिले फार्म नै स्थापना गरेर १७ ओटा भैँसी पालेका छन् । ‘नगरपालिकाले भत्तासँगै भ्याक्सिन र औषधि निःशुल्क गर्दा मलाई पनि आकर्षित गरेको हो’ न्यौपानेले भने । नगरपालिकाका अनुसार भैंसी सुत्केरी भत्ता लागु हुनपूर्व नगरपालिका भित्र कुल ४ हजार ७४७ भैंसी पालन गरिएका थिए । सो समयमा वार्षिक रुपमा करिब ५०० भैँसी खरिद भएर बाहिरी जिल्लाबाट भित्रिन्थे । त्यतिबेला पनौतीमा दैनिक ४० हजार लिटर दूध उत्पादन हुने गरेको नगरपालिकाको तथ्यांक छ । उत्पादितमध्ये १५ हजार लिटर नगरपालिका भित्रै र २५ हजार लिटर दुध काठमाडौँ उपत्यकामा खपत हुने गरेको थियो । नगरपालिकाले सो अभियान शुरू गरेपछि अहिले भैंसीको संख्या दोब्बरले बढेको नगरपालिका कृषि तथा पशुपञ्छि शाखाले जानकारी दिएको छ । शाखाका अनुसार अहिले नगरपालिकामा भैंसीको सँख्या ७ हजार ८५८ पुगेको छ ।भैंसी सुत्केरी भत्ता वितरण हुन थालेपछि नगरपालिकामा मुर्रा जातका भैंसीमा थप आकर्षण चुलिएको छ । भैंसीको सँख्यासँगै हाल दूध उत्पादन पनि बढेको नगरपालिका कृषि तथा पशुपञ्छि शाखाको तथ्यांक छ । तथ्यांक अनुसार हाल दैनिक ७० हजार लिटर दुध उत्पादन हुने गरेको छ । उक्त उत्पादनमध्ये ५० हजार लिटर काठमाडाँं उपत्यकामा आपूर्ति भइरहेको छ । ‘भैंसी सुत्केरी भत्ता अभियान सञ्चालन गरेपछि भैंसीको सँख्या झण्डै दोब्बरले बढेको छ’ नगर प्रमुख भीम न्यौपानेले भने, ‘दूध उत्पादन पनि दोब्बरको छ । हाम्रो अभियान किसानसँग प्रत्यक्ष जोडिएकाले किसानको आर्थिक अवस्था सुदृढ हुँदै गएको छ ।’ भैंसी सुत्केरी भत्ता कार्यक्रममा सहभागी हुनका लागि नगरपालिकाले अनिवार्य बीमा गर्नुपर्ने प्रावधान राखेको छ । बीमा गरेबापत लागेको प्रिमियमको ५० प्रतिशत रकम नगरपालिकाले बेहोर्ने गरेको छ । नगरपालिकाले अहिले पनि भैंसीलाई खोप र घाँसका बीउ निःशुल्क उपलब्ध गराउँदै आएको छ । नगर कृषि तथा पशुपञ्छि शाखाका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमअन्तर्गत २१७ भैंसीको ५ लाख ७५ हजार रुपैयाँ किसानलाई उपलब्ध गराइएको छ । शाखा प्रमुख मणिप्रसाद सापकोटाका अनुसार ‘भैंसी सुत्केरी भत्ता’ कार्यक्रमअन्तर्गत आव २०७६/०७७ मा ४४४ सुत्केरी भैंसी वापतको १२ लाख र आर्थिक वर्ष २०७७/०७८ मा ६४१ भैंसीवापतको १७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको छ । भैंसी सुत्केरी भएवापत भत्ता पाइने भएपछि गाई पालक किसान पनि भैंसी पालनतर्फ नै आकर्षित भएका छन् । पनौती नगरपालिका वडा नम्बर ३ की विमला सापकोटाले गाई पालन गर्दै आएकी थिइन् । नगरपालिकाले भैंसी सुत्केरी भत्ता कार्यक्रम लागु गरेपछि ३ वर्षअघि उनले आफ्नो गोठमा एउटा भैंसी थपिन् । नगरपालिकाले ल्याएको अनुदानपछि भैंसी थपेर दूध विक्री गर्दै आएकी उनले घर खर्चसँगै छोराछोरीको विद्यालय खर्च पनि धानिरहेकी छिन् । ‘भैंसीको दूध बेचेर घर र छोराछोरीको खर्च धान्दै आएकी छु’ उनले भनिन्, ‘नगरपालिकाले दिएको  अनुदान, बीमा र सुत्केरी प्रोत्साहनकै कारण केही दिनमै अर्को भैंसी थप्ने योजनामा छु ।’ पनौती १२का यज्ञ खत्रीले यसअघि भैंसी पालन नगरेका होइनन् । तर, विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाएका कारण छाड्न बाध्य भएका थिए । पछिल्लो समय नगरपालिकाले भैंसीपालनमा दिइरहेको अनुदान, बीमा र सुत्केरी प्रोत्साहनले उनलाई पुनःव्यावसायिक भैंसीपालनमा आकर्षित गरेको छ । ‘विभिन्न समस्या र दूधको मूल्य नपाउँदा सधैं घाटामा भैंसी पाल्न नसकिने भएपछि चार भैंसी सस्तैमा बेचेर भैंसी पालन नै छाडेको थिए’ उनले भने, ‘अहिले पुनःभैंसी पालनमै फर्किएको छु ।’ उनको गोठमा हाल ७ भैंसी छन् ।            ‘भैँसी सुत्केरी भत्ता’ अभियानबाट यहाँको किसानको आत्मबल बढेको छ । ‘भैंसी पाल्दा धेरै लगानी गर्नुपर्ने, थोरै मुनाफा हुने, रोग लाग्ने डर हुने गरेको थियो’ पनौती १२की भावना थापाले भनिन्, ‘अब थप २ ओटा भैंसी थपेर पाडापाडी पनि हुर्काउने योजनामा छु ।’    न्गरपालिकाले चालू आर्थिक वर्ष २०७८/०७९मा हालसम्म  ९ सय भैंसी सुत्केरी भएवापतको भत्ता वितरण गरेको जानकारी दिएको छ । सोका लागि करिब ४० लाख रुपैयाँ भुक्तानी गरिसकेको नगरपालिकाको भनाइ छ । रासस

‘भैँसी सुत्केरी भत्ता’ दिन थालिएपछि दूध उत्पादन दोब्बर

झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी भैंसीलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले पहिलो बेतको भैँसी सुत्केरी हुँदा रु पाँच हजार र त्यसपछि रु दुई हजारको दरले सुत्केरी भत्ता दिँदै आएको छ । पशुपालनबाट आत्मनिर्भर बनाउन नगरपालिकाले ‘सुत्केरी भैंसीलाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । दुग्धजन्य खाद्यवस्तुमा नगरपालिकालाई …

दूधमा आत्मनिर्भर हुँदै सल्यान, भैंसीलाई भत्ता

सल्यान । किसानले दुग्ध उत्पादनबाट गतिलो आम्दानी लिन थालेपछि सल्यानमा गाईभैंसीपालन गर्नेको संख्या बढ्दै गएको छ । दूधबाट मनग्ये आम्दानी हुन थालेपछि केही समय अघिसम्म भारत एवं वैदेशिक रोजगारमा गएका र अन्य रोजगारीमा रहेका युवाहरूले समेत गाईभैंसी पालन व्यवसाय अँगालेका छन् । दूधको माग बढेसँगै सल्यानमा विभिन्न पेसा व्यवसाय छाडेरसमेत युवाहरू यसतर्फ आकर्षित हुन थालेका हुन् । जिल्लामा पशुपालनको राम्रो सम्भावना भएपछि सरोकारवाला निकायले पनि यसलाई प्रोत्साहन दिन थालेका छन् । दूध उत्पादन बढाउन जिल्लाको बागचौर नगरपालिका र कुमाख गाउँपालिकाले विगतदेखि नै भैंसीलाई सुत्केरी भत्ता दिँदै आएका छन् । यस्तै, पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानसँगै अन्य स्थानीय तहमा किसान लक्षित कार्यक्रम सञ्चालन गर्न थालिएको छ । दूधमा आत्मनिर्भर बनाउन र कृषिमा आकर्षण बढाउन किसान लक्षित कार्यक्रम सञ्चालन भइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए । किसानलाई व्यावसायिक बनाउन र आयस्तरमा वृद्धि गर्ने उद्देश्यसहित त्रिवेणी गाउँपालिका र बागचौर नगरपालिकामा उन्नत जातका भैंसीसमेत वितरण गरिएको उनको भनाइ छ । एक स्थानीय तह, एक पशु सेवा उत्पादन कार्यक्रम जिल्लाका दुई स्थानीय तहमा ८७ वटा भंैसी र २ वटा उन्नत जातको राँगा वितरण गरिएको छ । इसअन्र्तगत बागचौर नगरपालिका–९ मा पशु सेवा कार्यालयको २० लाख, नगरपालिकाको २५ लाख र बगेश्वरी भैंसीपालन समितिको २९ लाख गरी ७४ लाखको लागतमा सो कार्यक्रम सञ्चालन गरिएको हो । यसबाट ४० वटा भैंसी, २ वटा राँगा, ५० वटा छतसहितको भकारो निर्माण, मिल्क क्यान, मिनरल बल्क र उन्नत घाँसका बेर्ना वितरण गरिएको नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिए । यस्तै, दूध पकेट करिडोरअन्तर्गत त्रिवेणी गाउँपालिका–१, ३ र ६ मा ४७ वटा उन्नत जातका मुर्रा भैंसी वितरण गरिएको छ । पशु सेवा कार्यालयको २० लाख, गाउँपालिकाको ६ लाख र गाईभैंसी पकेट विकास समितिको २३ लाख ५० हजार गरी कुल ४९ लाख ५० हजारको लगानीमा भैंसी वितरण गरिएको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख वसन्त रावतले बताए । सोही कार्यक्रमभित्र रहेर उन्नत जातको घाँस, तालिम, औषधीसमेत वितरण गरिएको छ । परम्परागत पशुपालनलाई व्यावसायिक बनाउन उन्नत जातका भैंसीपालन गर्न थालेको गाईभैंसी पकेट विकास समितिका अध्यक्ष मोतीलाल बुढाथोकीले जानकारी दिए । बजारमा दूध माग बढ्दै गएकाले दूधमा आत्मनिर्भर बनाउन व्यवस्थित रूपमा भैंसीपालन गर्न थालिएको उनको भनाइ छ ।

दूधमा आत्मनिर्भर बन्दै सल्यान जिल्ला

असार १३, सल्यान । किसानले दुग्ध उत्पादनबाट राम्रो आम्दानी लिन थालेपछि सल्यानमा गाईभैंसी पालन गर्नेहरुको संख्या बढ्दै गएको छ । दूधबाट राम्रो आम्दानी हुन थालेपछि केही समय अघिसम्म भारत र वैदेशिक रोजगारमा गएका र अन्य रोजगारीमा रहेका युवाहरुले समेत गाईभैंसी पालन व्यवसाय अँगाल्न थालेका छन् । दूधको माग बढेसँगै सल्यानमा विभिन्न पेशा व्यवसाय छोडेर समेत युवाहरु यसतर्फ आकर्षित भएको पाइएको छ । जिल्लामा पशुपालनको राम्रो सम्भावना भएपछि सरोकारवाला निकायहरुले पनि पशुपालन तथा दूध उत्पादनमा प्रोत्साहन दिन थालेका छन् । दूध उत्पादन बढाउनका लागि जिल्लाको बागचौर नगरपालिका र कुमाख गाउँपालिकाले विगतदेखि नै भैंसीलाई सुत्केरी भत्ता दिंदै आएका छन् । यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानसँगै अन्य स्थानिय तहमा किसानलक्षित कार्यक्रम सञ्चालन गर्न थालिएको छ ।  दूधमा आत्मनिर्भर बनाउन र कृषिमा किसानहरुको आकर्षण बढाउन किसान लक्षित कार्यक्रम सञ्चालन भइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले बताए ।  किसानलाई व्यवसायिक बनाउन र किसानको आयस्तरमा वृद्धि गर्ने उद्धेश्यसहित जिल्लाको त्रिबेणी गाउपालिका र बागचौर नगरपालिकामा उन्नत जातको भैंसीसमेत वितरण गरिएको उनको भनाइ छ ।  एक स्थानीय तह, एक पशु सेवा उत्पादन कार्यक्रम अन्तर्गत जिल्लाका दुई ओटा स्थानिय तहमा ८७ ओटा भैंसी र दुई ओटा उन्नत जातको राँगा वितरण गरिएको छ । जसअन्तर्गत बागचौर नगरपालिकाको वडा नम्बर ९ मा पशु सेवा कार्यालयको २० लाख रुपैयाँ, नगरपालिकाको २५ लाख रुपैयाँ र बगेश्वरी भैंसीपालन समितिको २९ लाख रुपैयाँ गरी ७४ लाख रुपैयाँको लागतमा सो कार्यक्रम सञ्चालन गरिएको हो ।  जसबाट ४० ओटा भैंसी, दुई  ओटा प्रजनन राँगो, ५० ओटा छतसहितको भकारो निर्माण, मिल्क क्यान, मिनरल बल्क र उन्नत घाँसका बेर्नाहरू वितरण गरिएको नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिए । उनले यस्ता कार्यक्रमले जनताको जीविकोपार्जनमा सहयोग पुग्ने बताए । यस्तै दूध पकेट करिडोर अन्तर्गत त्रिबेणी गाउपालिकाको वडा नम्बर १, ३ र ६ मा ४७ ओटा उन्नत जातको मुर्रा भैंसी वितरण गरिएको छ । पशु सेवा कार्यालयको २० लाख  रुपैयाँ, गाउँपालिकाको ६ लाख रुपैयाँ र गाईभैंसी पकेट विकास समितिको २३ लाख ५० हजार  रुपैयाँ गरि कुल ४९ लाख ५० हजार  रुपैयाँको लगानीमा भैंसी वितरण गरिएको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिए ।  सोही कार्यक्रमभित्र रहेर उन्नत जातको घाँस, तालिम, अन्तरक्रिया, औषधीसमेत वितरण गरिएको छ । परम्परागत पशुपालनलाई व्यवसायिक बनाउन उन्नत जातको भैंसीपालन गर्न थालेको गाईभैंसी पकेट विकास समितिका अध्यक्ष मोतिलाल बुढाथोकीले बताए । बजारमा दूधको माग बढ्दै गएकाले दूधमा आत्मनिर्भर बनाउनको लागि व्यवस्थित रुपमा भैंसीपालन गर्न थालेको उनको भनाइ छ ।

भैंसीको सुत्केरी भत्ता लिन निवेदनको ओइरो !

२८ असोज, काभ्रे । दूध उत्पादनको आत्मनिर्भर जिल्ला हो काभ्रे । दैनिक २ लाख २० हजार भन्दा बढी दूध राजधानीमा काभ्रेबाटै भित्रने गर्छ । दूध उत्पादन गर्ने किसानहरुका लागि काभ्रेको पनौती नगरपालिकाले असारमा सम्पन्न तेस्रो नगरपरिषद्बाट …