दूधमा आत्मनिर्भर बन्दै सल्यान जिल्ला

असार १३, सल्यान । किसानले दुग्ध उत्पादनबाट राम्रो आम्दानी लिन थालेपछि सल्यानमा गाईभैंसी पालन गर्नेहरुको संख्या बढ्दै गएको छ । दूधबाट राम्रो आम्दानी हुन थालेपछि केही समय अघिसम्म भारत र वैदेशिक रोजगारमा गएका र अन्य रोजगारीमा रहेका युवाहरुले समेत गाईभैंसी पालन व्यवसाय अँगाल्न थालेका छन् । दूधको माग बढेसँगै सल्यानमा विभिन्न पेशा व्यवसाय छोडेर समेत युवाहरु यसतर्फ आकर्षित भएको पाइएको छ । जिल्लामा पशुपालनको राम्रो सम्भावना भएपछि सरोकारवाला निकायहरुले पनि पशुपालन तथा दूध उत्पादनमा प्रोत्साहन दिन थालेका छन् । दूध उत्पादन बढाउनका लागि जिल्लाको बागचौर नगरपालिका र कुमाख गाउँपालिकाले विगतदेखि नै भैंसीलाई सुत्केरी भत्ता दिंदै आएका छन् । यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानसँगै अन्य स्थानिय तहमा किसानलक्षित कार्यक्रम सञ्चालन गर्न थालिएको छ ।  दूधमा आत्मनिर्भर बनाउन र कृषिमा किसानहरुको आकर्षण बढाउन किसान लक्षित कार्यक्रम सञ्चालन भइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले बताए ।  किसानलाई व्यवसायिक बनाउन र किसानको आयस्तरमा वृद्धि गर्ने उद्धेश्यसहित जिल्लाको त्रिबेणी गाउपालिका र बागचौर नगरपालिकामा उन्नत जातको भैंसीसमेत वितरण गरिएको उनको भनाइ छ ।  एक स्थानीय तह, एक पशु सेवा उत्पादन कार्यक्रम अन्तर्गत जिल्लाका दुई ओटा स्थानिय तहमा ८७ ओटा भैंसी र दुई ओटा उन्नत जातको राँगा वितरण गरिएको छ । जसअन्तर्गत बागचौर नगरपालिकाको वडा नम्बर ९ मा पशु सेवा कार्यालयको २० लाख रुपैयाँ, नगरपालिकाको २५ लाख रुपैयाँ र बगेश्वरी भैंसीपालन समितिको २९ लाख रुपैयाँ गरी ७४ लाख रुपैयाँको लागतमा सो कार्यक्रम सञ्चालन गरिएको हो ।  जसबाट ४० ओटा भैंसी, दुई  ओटा प्रजनन राँगो, ५० ओटा छतसहितको भकारो निर्माण, मिल्क क्यान, मिनरल बल्क र उन्नत घाँसका बेर्नाहरू वितरण गरिएको नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिए । उनले यस्ता कार्यक्रमले जनताको जीविकोपार्जनमा सहयोग पुग्ने बताए । यस्तै दूध पकेट करिडोर अन्तर्गत त्रिबेणी गाउपालिकाको वडा नम्बर १, ३ र ६ मा ४७ ओटा उन्नत जातको मुर्रा भैंसी वितरण गरिएको छ । पशु सेवा कार्यालयको २० लाख  रुपैयाँ, गाउँपालिकाको ६ लाख रुपैयाँ र गाईभैंसी पकेट विकास समितिको २३ लाख ५० हजार  रुपैयाँ गरि कुल ४९ लाख ५० हजार  रुपैयाँको लगानीमा भैंसी वितरण गरिएको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिए ।  सोही कार्यक्रमभित्र रहेर उन्नत जातको घाँस, तालिम, अन्तरक्रिया, औषधीसमेत वितरण गरिएको छ । परम्परागत पशुपालनलाई व्यवसायिक बनाउन उन्नत जातको भैंसीपालन गर्न थालेको गाईभैंसी पकेट विकास समितिका अध्यक्ष मोतिलाल बुढाथोकीले बताए । बजारमा दूधको माग बढ्दै गएकाले दूधमा आत्मनिर्भर बनाउनको लागि व्यवस्थित रुपमा भैंसीपालन गर्न थालेको उनको भनाइ छ ।

सम्बन्धित सामग्री

दुग्ध उत्पादन बढाउन किसानलाई भैँसी वितरण

सल्यान : दूध उत्पादनमा आत्मनिर्भर बनाउन सल्यानको त्रिवेणी गाउँपालिकाले किसानलाई उन्नत जातका भैँसी वितरण गरेको छ। एक पालिका एक पशु वस्तु उत्पादन कार्यक्रमअन्तर्गत त्रिवेणी गापा–३ काराबासका किसानलाई भैँसी वितरण गरिएको हो। दूधमा आत्मनिर्भर बनाउन र पशुपालनमा किसानहरूको आकर्षण बढाउन उन्नत जातका भैँसी वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले जानकारी दिए। किसानको आर्थिक सामाजिक जीवन स्तर उकास्न र दूधमा जिल्लालाई आत्मनिर्भर बनाउन विगतका वर्षहरू झैँ यो

दूधमा आत्मनिर्भर बन्दै सल्यान, वार्षिक १९ हजार मेट्रिक टनभन्दा बढी उत्पादन

सल्यान : गत आर्थिक वर्षमा सल्यानमा १९ हजार मेट्रिक टन बढी दूध उत्पादन भएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १९ हजार १४४ मेट्रिक टन दूध उत्पादन भएको हो।उत्पादन भएको मध्ये ८० प्रतिशतभन्दा बढी दूध जिल्लामै खपत हुने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ। जिल्लाबाट वार्षिक १२.४ प्रतिशत दूध जिल्ला बाहिर निकासी हुने गरेको कार्यालय प्रमुख कपिलप्रसाद उपाध्यायले बताए।जिल्ला बाहिर निकासी भएको दूधबाट ७ लाख ४४ हजार रुपैयाँ कि

सल्यानमा उत्पादन भयो २ करोड लिटर दूध

सल्यान : सल्यानमा गत आर्थिक वर्षमा करिब २ करोड लिटर दूध उत्पादन भएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार १ करोड ९१ लाख ६२ हजार लिटर दूध उत्पादन भएको छ।कार्यालयका अनुसार जिल्लामा १९ हजार १ सय ६२ मेट्रिक टन दूध उत्पादन भएकोमा १७ लाख ३ हजार लिटर जिल्ला बाहिर निकासी भएको छ। यसबाट ९५ लाख १५ हजार रूपैयाँ भित्रिएको कार्यालय प्रमुख कपिलप्रसाद उपाध्यायले जानकारी दिए।पछिल्लो समय सल्यान दूधमा आत्मनिर्भर भएको उनको भनाइ छ। जिल्लामा वार्षिक १८ हजार ९ सय ९८ मेट्रिक टन दूध जिल्ला

दूधमा आत्मनिर्भर हुँदै सल्यान, भैंसीलाई भत्ता

सल्यान । किसानले दुग्ध उत्पादनबाट गतिलो आम्दानी लिन थालेपछि सल्यानमा गाईभैंसीपालन गर्नेको संख्या बढ्दै गएको छ । दूधबाट मनग्ये आम्दानी हुन थालेपछि केही समय अघिसम्म भारत एवं वैदेशिक रोजगारमा गएका र अन्य रोजगारीमा रहेका युवाहरूले समेत गाईभैंसी पालन व्यवसाय अँगालेका छन् । दूधको माग बढेसँगै सल्यानमा विभिन्न पेसा व्यवसाय छाडेरसमेत युवाहरू यसतर्फ आकर्षित हुन थालेका हुन् । जिल्लामा पशुपालनको राम्रो सम्भावना भएपछि सरोकारवाला निकायले पनि यसलाई प्रोत्साहन दिन थालेका छन् । दूध उत्पादन बढाउन जिल्लाको बागचौर नगरपालिका र कुमाख गाउँपालिकाले विगतदेखि नै भैंसीलाई सुत्केरी भत्ता दिँदै आएका छन् । यस्तै, पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानसँगै अन्य स्थानीय तहमा किसान लक्षित कार्यक्रम सञ्चालन गर्न थालिएको छ । दूधमा आत्मनिर्भर बनाउन र कृषिमा आकर्षण बढाउन किसान लक्षित कार्यक्रम सञ्चालन भइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए । किसानलाई व्यावसायिक बनाउन र आयस्तरमा वृद्धि गर्ने उद्देश्यसहित त्रिवेणी गाउँपालिका र बागचौर नगरपालिकामा उन्नत जातका भैंसीसमेत वितरण गरिएको उनको भनाइ छ । एक स्थानीय तह, एक पशु सेवा उत्पादन कार्यक्रम जिल्लाका दुई स्थानीय तहमा ८७ वटा भंैसी र २ वटा उन्नत जातको राँगा वितरण गरिएको छ । इसअन्र्तगत बागचौर नगरपालिका–९ मा पशु सेवा कार्यालयको २० लाख, नगरपालिकाको २५ लाख र बगेश्वरी भैंसीपालन समितिको २९ लाख गरी ७४ लाखको लागतमा सो कार्यक्रम सञ्चालन गरिएको हो । यसबाट ४० वटा भैंसी, २ वटा राँगा, ५० वटा छतसहितको भकारो निर्माण, मिल्क क्यान, मिनरल बल्क र उन्नत घाँसका बेर्ना वितरण गरिएको नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिए । यस्तै, दूध पकेट करिडोरअन्तर्गत त्रिवेणी गाउँपालिका–१, ३ र ६ मा ४७ वटा उन्नत जातका मुर्रा भैंसी वितरण गरिएको छ । पशु सेवा कार्यालयको २० लाख, गाउँपालिकाको ६ लाख र गाईभैंसी पकेट विकास समितिको २३ लाख ५० हजार गरी कुल ४९ लाख ५० हजारको लगानीमा भैंसी वितरण गरिएको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख वसन्त रावतले बताए । सोही कार्यक्रमभित्र रहेर उन्नत जातको घाँस, तालिम, औषधीसमेत वितरण गरिएको छ । परम्परागत पशुपालनलाई व्यावसायिक बनाउन उन्नत जातका भैंसीपालन गर्न थालेको गाईभैंसी पकेट विकास समितिका अध्यक्ष मोतीलाल बुढाथोकीले जानकारी दिए । बजारमा दूध माग बढ्दै गएकाले दूधमा आत्मनिर्भर बनाउन व्यवस्थित रूपमा भैंसीपालन गर्न थालिएको उनको भनाइ छ ।