सल्यान : सल्यानमा भीरबाट लडेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको सिद्ध कुमाख गाउँपालिका–२ का अन्दाजी ४० वर्षीय शोभाराम कामीको मृत्यु भएको हो।कामको सिलसिलामा सोमबार सोही गाउँपालिका-१ कागखोलामा गएका उनी घर फर्किने क्रममा घरलीडाँडा जंगलबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। स्थानीयले बुधबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनको शव बाटोबाट करिब ४ सय मिटर तल पेदीखोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जान