कोरोना महामारीबीच टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुग्दा जे देखियो [फोटोफिचर]

कोरोनाभाइरस कोभिड- १९ को दोस्रो लहर भयावह ढंगले फैलिँदा अस्पतालहरूमा खुट्टा राख्ने ठाउँसमेत हुन छाडेको छ । निजी तथा सरकारी सबैजसो अस्पतालहरू भरिभराउ छन् । बेड नपाएर दिनमै कैयन बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ । नेपालको एकमात्र सरुवा रोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पुग्दा मंगलवार त्यस्तै भीडभाड देखियो । अस्पतालका बेडहरू त भरिभराउ थिए नै अस्पतालभित्र प्रवेश गर्ने प्यासेजमा समेत बिरामी राखिएको थियो । तस्वीरमा हेर्नुहोस्, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अवस्था :

सम्बन्धित सामग्री

स्वास्थ्य राज्यमन्त्री केसीलाई डेंगु संक्रमण, अस्पताल भर्ना

२ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन् । गत शुक्रवार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराएका थिए । केसीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका प्रमुख […]

स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु, सरूवा रोग अस्पताल भर्ना

डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन्।

डेंगु आतंक : टेकु अस्पतालमा बिरामीको घुइँचो, तस्वीरहरू

काठमाडौं : कुनै पनि सरुवा रोग अस्पतालमा वा घरमै पनि एकजना बिरामीले अर्को बिरामीको संसर्गमा बस्नु हुँदैन। सरुवा रोगको उपचार गर्दा हरेक बिरामीको सम्पर्कमा जाँदा विशेष सावधानी अपनाइन्छ।तर सोमबार बिहान टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्दा बिरामीहरू एकअर्कासँग छोएरै (टाँसिएर) लाइनमा बसेका थिए। उपचार गराउन गएका यी बिरामी अरु कोही नभएर पछिल्लो समय काठमाडौं उपत्यकामा बढ्दै गएको डेंगुको जस्तै लक्षण लिएर परीक्षण गर्न जानेको भीड हो।बिहान १० बजे टेकु अस्पताल पुग्दा अस्पतालक

ज्वरो आएको छ ? डेंगु र कोरोना दुवै जँचाउनुस्

८ भदौ, काठमाडौं । बुधबार दिउँसो १ बजे इमर्जेन्सी बाल्दै एउटा ट्याक्सी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भित्र छिर्छ । ट्याक्सीमा एक जना विरामी र दुई आफन्त हुन्छन् । बिरामीलाई आफन्त र स्वास्थ्यकर्मीले भित्र ल्याउन सहयोग गर्छन् । बिरामी बेडमा पनि पुग्न नपाउँदै आकस्मिक कक्षका प्रमुख डा. लिलानाथ भण्डारी बिरामीको आफन्तलाई सोध्छन्, ‘कहाँबाट […]

दुई सातामै ५ गुणा बढ्यो सरकारी अस्पतालमा बिरामीको चाप

काठमाडौं : केही दिनदेखि देशका ठूला सरकारी अस्पतालमा ज्वरोका बिरामीको चाप बढ्न थालेको छ। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालसहित उपत्यका बाहिरका प्रादेशिक अस्पतालहरूमा समेत परीक्षणका लागि पुग्ने बिरामीको संख्या उल्लेख्य बढेको छ।उपत्यकाका त्रिवि शिक्षण अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन, वीर अस्पतालमा पछिल्लो २ सातामा जँचाउन आउने ज्वरोका बिरामीको संख्या करिब ५ गुणाले बढेको छ। तीमध्ये अधिकांश बिरामीहरूमा कोरोना संक्रमण पाइएको वीर अस्पतालका डा प्रज्वल

उपत्यकामा हालसम्म हैजा संक्रमित आठजना भेटिए

काठमाडौं : काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या आठ पुगेको छ।तीमध्ये ४ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल(टेकु अस्पताल)मा उपचार भइरहेको छ भने अन्य दुईजनाको निजी अस्पतालमा उपचार भइरहेको छ।टेकु अस्पतालमा सूचना अधिकारी नवराज गौतमका अनुसार हाल अस्पतालमा ४ जना हैजा संक्रमितको जनरल बेडमा राखेर उपचार भइरहेको बताए। ‘हैजा संक्रमित भएर आइसियूमा उपचार गराइरहनु भएका बागबजारका दुई दिदिबहिनी डिस्चार्ज भएर गइसक्नु भएको छ। हाल अस्पतालमा ४ जना संक्रमितको मात्रै उपचार भइरहेको छ&rsquo

खोप लगाएको प्रमाणपत्र लिन झरीमा रुझ्दै सडकमै रात

अलार्मले आइतबार बिहान २ बजे हामीलाई बिउँझायो। उठ्यौं र तयार भयौं। जानुपर्ने स्थान थियो, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल। जहाँ खोप लगाएको प्रमाणपत्र लिन युवाहरू अघिल्लो दिनदेखि नै सडकमा बसी आइतबार बिहान ६ बजेको प्रतीक्षा गरिरहेका थिए। जो विदेश जाने तयारीमा छन्, झरीमा रुझ्दै सडकमै रात गुजारिरहेका थिए।उनीहरूको समस्या बुभ्mने हाम्रो हुटहुटी झरीले रोक्न सकेन। दुवै जना रेनकोट ओढेर मोटरसाइकल चढी त्यतै लाग्यौंं। त्यहाँ पुग्दा घडीको सुइले २ः१५ बजे देखाएको थियो। पानी परिरहेकै थियो। अस्पता

टेकु अस्पतालमा भर्ना भएका चारजनामा कोरोना भेटिएन

काठमाडौं । कोरोना संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका चारजनाको

टेकु अस्पतालमा भर्ना भएका चारजनामा कोरोना भेटिएन, एकजनाको रिपोर्ट आउन बाँकी

काठमाडौं । कोरोना संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका चारजनाको